default_image

3 years ago

December 31, 2022

शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरको चौथो जित

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि ४९ रनको सहज जित हात पारेको छ । चौथो जितका साथ जनकपुर रोयल्सले प्लेअफ सम्भावना मजबुत बनाएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनायो । विराटनगरका हुसेन तालतले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदीप ऐरी २६ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे ।

ओपनर गौरान्शु शर्मा ३६ बलमा ३ चौकासहित ३३ र आन्द्रे म्याकार्थी २३ बलमा १४ रनमा आउट भए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । पृथु बास्कोटा २ र विवेक यादव ३ रनमा आउट भए ।

समिउल्लाह शिनवारीले ४ ओभरमा ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । जनकपुरका समिउल्लाह शिनवारी ४० बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । खडक बोहरा १२ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।

विष्फोटक ब्याटिङ गर्नेक्रममा अन्तिम ९ बलमा ५ छक्का र एक चौकासहित कुल ३७ रन जोडेको थियो । अन्तिम ओभरमा सन्जिब कुमारस्वामीले तीन छक्का र एक चौकासहित कुल २४ रन खर्चेका थिए । कप्तान ट्रेभन ग्रिफिकले १४ बलमा ४ चौकासहित १९ रनमा आउट भए ।

पवन सरार्फ ६ बलमा २ रनमा आउट भए । चाडविक पाल्टन २२ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । सन्दीप जोरा १८ बलमा ४ चौकासहित २० रनमा आउट भए । सन्दीप र वाल्टन दुबै सूर्यको बलमा एलबीडब्लू धरापमा परे । विराटनगरका हुसेन तालतले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

जनकपुर ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । जनकपुरले आइतकार काठाडौं नाइट्ससँग खेल्नेछ । काठमाडौं ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

विराटनगर ५ खेलमा २ मा जित र ३ मा हारसहित चौथो स्थानमा छ । विराटनलरले आइतबार लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । पोखरा ७ खेलमा २ मा जित र ५ हारसहित पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ । डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा एक टोलीले कुल १० खेल खेल्नेछन् । शीर्ष चारमा पुग्ने टोली प्लेअफमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.