default_image

1 year ago

January 3, 2023

जनकपुरमाथि लुम्बिनीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । जनकपुरका चाडविक […]

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ ।

जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । जनकपुरका चाडविक वाल्टन ३६ बलमा ३ चौका र ४ छक्कासहित ५९ रनमा अविजित रहे ।

जनकपुरलाई अन्तिम ओभरमा १८ रन चाहिँएको थियो । जनकपुरलाई अन्तिम बलमा जितको लागि ६ रन चाहिँदा तीव्र गतिका बलर किशोर महतोले योर्कर फ्याँल्दै लुम्बिनीको जित पक्का गराए ।

पहिलो विकेटका लागि ओपनर ट्रेभन ग्रिफिथ र शराफुद्दिन अशरफले ५.५ ओभरमा ५१ रनको साझेदारी गरेका थिए । ग्रिफिथले २२ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । अशरफ १९ बलमा ४ चौकासहित २६ रनमा आउट भए । सन्दीप जोरा २१ बलमा १ चौका र २ छक्कासहित २६ र दीलिप नाथ ७ रनमा आउट भए ।

लुम्बिनीका ह्यारी टेक्टरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । विपुल शर्माले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अल स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । लुम्बिनीका ओपनर हरमीत सिंहले ४७ बलमा ५ चौका र ६ छककासहित सर्वाधिक ७३ रन बनाए । हरमीत स्पिनर शराफुद्दिन सिंहको बलमा एलबीडब्लू आउट भएका थिए।

ओपनर लाहिरु मिलान्था र हरमीतले पहिलो विकेटका लागि ११.१ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । मिलान्था ३२ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । मिलान्था स्पिनर ललित नारायण राजवंशीको बलमा मोहम्मद आदिलबाट क्याच आउट भए ।

कुशल भुर्तेल १० बलमा २ छक्कासहित १७ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १४ र गुलशन झा ८ रनमा आउट भए । विपुल शर्मालाई जितेन्द्र मुखियाले शून्यमा बोल्ड गरे ।

ह्यारी टेक्टर १५ बलमा १ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । अनिल शाह ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । जनकपुरका शराफुद्दिन अशरफले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिए ।

अंक तालिका

लुम्बिनी अल स्टार्स ८ खेलमा ७ मा जित र १ हारसहित १७ अंक जोड्दै शीर्षस्थानमा छ । जनकपुर ८ खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंक जोड्दै प्लेअफ नजिक छ । काठमाडौं ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । पोखरा र विराटनगर भने १० अंकका साथ प्लेअफ खेल्न खोज्नेछन् । तर धेरै कठिन बनि सकेको छ ।

पोखरा ८ खेलमा ३ मा जित र ८ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । पोखरा बाँकी दुई खेल जित्दा १० अंकका साथ प्लेअफ खेल्नेछ । विराटनगर ७ खेलमा ७ खेलमा २ मा जित र ५ मा हारसहित पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ६ खेलमा १ मा जित र ५ मा हारसहित पुछारमा छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.