2 years ago
May 5, 2024
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ ।
अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे ।
अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटीमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा नै रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । १२औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

१८औं मिनेटमा ओटाभियोले गोल गरेपछि अल नासरले खेलमा ३–० ले अघि बढ्यो । ४५औं मिनेटमा साडियो मानेको गोलसँगै अल नासरले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो । ५२औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा अल नासरले ५–० को आरामदायी अग्रता लिन सफल भयो ।
पोर्चुगिज कप्तानसमेत रहेका ३९ वर्षीय रोनाल्डोको यो करिअरको ६६औं ह्याट्रिक हो । पछिल्लो सात खेलमा रोनाल्डोको यो तेस्रो ह्याट्रिक हो । यसअघि उनले अभा र अल ताईविरुद्धको खेलमा ह्याट्रिक प्रहार गरेका थिए ।
यससँगै उनको ३१औं लिग गोल तथा समग्रमा यो सिजन ४१औं गोल हो । अल नासरका लागि छैटौं गोल परिवर्तित खेलाडी मोहमेद अल फाटिलले गरे ।
४६औं मिनेटमा एमन अहमेदको स्थानमा मैदान छिरेका फाटिलले ८८औं मिनेटमा गोल गर्दै अल नासरको फराकिलो जित पक्का गरे ।
यस जितसँगै अल नासरको उपाधि जित्ने सम्भावना जीवित रहेको छ । अल नासर अझै ९ अंकले पछि छ । दोस्रो स्थानमा रहेको अल नासरको ३० खेलबाट ७४ अंक पुगेको छ ।
एक खेल कम खेलेको शीर्षस्थानको अल हिलालको ८३ अंक छ । पराजित अल वेदा ३० खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]