default_image

1 year ago

January 3, 2023

माभीको उत्कृष्ट बलिङमा भारतको रोमान्चक जित

एजेन्सी – युवा तीव्र गतिका बलर शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टि२० आई खेलमा श्रीलंकामाथि दुई रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा १ सय ६० […]

61 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टि२० आई खेलमा श्रीलंकामाथि दुई रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा १ सय ६० रनमा अल आउट भयो । श्रीलंकालाई अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँएको थियो । तेस्रो बलमा चामिका करुणारत्नेले स्पिनर अक्षर पटेललाई छक्का हानेपछि बाँकी तीन बलमा मात्रै पाँच रन चाहिँएको थियो । पटेलले चौथो बल डट, पाँचौं र छैटौं बलमा एक एक रन दिँदै दुई रन आउट गरेपछि रोमान्चक जित हात पार्यो ।

श्रीलंका कप्तान दासुन शनाका २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा आउट भए । श्रीलंकालाई २० बलमा ३४ रन चाहिँएको थियो । उमरान मलिकको प्रतिघण्टा १ सय ५५ किलोमिटर गतिको बलमा कप्तान दासुन शनका एक्स्ट्रा कभरमा आउट भएपछि श्रीलंका जितको सम्भावना कठिन बनेको थियो ।

भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर शिवम मावीले उत्कृष्ट प्रदशैन प्रदर्शन गरे । चामिका करुणारत्ने १६ बलमा २ छक्कासहित २३ रनमा अविजित रहे । ओपनर पाथुम निसांकालाई माभीले एक रनमै बोल्ड गरेका थिए । अर्का ओपनर कुशल मेन्डिस २५ बलमा ५ चौकासहित २८ रनमा आउट भए ।

धनन्जय डि सिल्भा ८, चरिथ असलंका १२ र भानुका राजपक्षे १० रनमा आउट भए । वानिन्दु हसरंगाले १० बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । भारतका उमरान मलिकले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । शिवम माभीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुम्बईमा रहेको वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । भारतका दीपक हुडा २३ बलमा १ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे । अक्षर पटेल २० बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

छैटौं विकेटका लागि हुडा र अक्षर पटेलले ६८ रनको साझेदारी गरेका थिए । ओपनर ईशान किशन २९ बलमा ३ चौका र २ छक्कासहित ३७ रनमा आउट भए । डेब्यू खेल खेलेका ओपनर शुभमन गिल ७ रनमा आउट भए । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका सूर्यकुमार यादव ७ रनमा आउट भए ।

सन्जु स्यामसन ५ र हार्दिक पान्ड्या २७ बलमा ४ चौकासहित २९ रनमा आउट भए । श्रीलंकाका दिलशान मदुशनका, महेश थिक्सेना धनन्जय डि सिल्भा र वानिन्दु हसरंगाले एक एक विकेट लिए । दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.