3 years ago
January 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्स नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध मात्रै ६८ रनमा अल आउट भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो ।

यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स काठमाडौंसँग ५८ रनमा अल आउट भएको थियो ।
पोखराका सिद्धान्त लोहनीले १० बलमा २ छक्कासहित सर्वाधिक १७ रनमा आउट भए । आसिफ शेख १० बलमा ३ चौकासहित १६ रनमा आउट भए । कुशल मल्लले १८ बलमा २ छक्काहित १६ रन बनाए ।
लज्जास्पद ब्याटिङ गर्नेक्रममा पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सुमित महर्जन एक, आरिफ शेख दुई, उपुल थरंगा, आमिर हाम्जा शून्य र विपिन खत्री ८ रनमा आउट भए ।
जनकपुरका सोमपाल कामीले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । शराफुद्दिन अशरफले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभन ग्रिफिथ र पवन सरार्फले एक एक विकेट लिए ।
जनकपुर ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । यस खेलमा विजयी हुँदा जनकपुर औपचारिक रुपमा प्लेअफमा पुग्नेछ । पोखरा ८ खेलमा ३ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ । पोखरा यस खेलमा पराजित हुँदा प्लेअफ झिनो अंक गणीतिय सम्भावना मात्रै बाँकी रहनेछ छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]