default_image

1 year ago

January 5, 2023

केदार जाधवको उत्कृष्ट ब्याटिङ

एजेन्सी – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर केदार जाधकले रणजी ट्रफीमा महाराष्ट्रबाट आसमविरुद्ध सानदार ब्याटिङ गरेका छन् । डिआई पाटिल एकेडेमीमा महाराष्ट्रले पहिलो इनिङमा ५९४-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । केदार जाधवले २ सय ८३ बलमा २१ चौका र १२ छक्कासहित २ सय ८३ रनको उत्कृष्ट इनिङ खेले । स्पिनर रियान परागको बलमा […]

105 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर केदार जाधकले रणजी ट्रफीमा महाराष्ट्रबाट आसमविरुद्ध सानदार ब्याटिङ गरेका छन् । डिआई पाटिल एकेडेमीमा महाराष्ट्रले पहिलो इनिङमा ५९४-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो ।

केदार जाधवले २ सय ८३ बलमा २१ चौका र १२ छक्कासहित २ सय ८३ रनको उत्कृष्ट इनिङ खेले । स्पिनर रियान परागको बलमा वैकल्पिक फिल्डर सुभम मंडलबाट क्याच आउट भएपछि तेहोरो शतक बनाउन सकेनन् ।

असामा रियान परागले चार विकेट लिए । केदार जाधव २०२० पछि भारतीय टोलीमा छैनन् । जाधवले लगातार खराब प्रदर्शपनि भारतले युवा खेलाडीलाई मौका दिएको थियो । २०२० फेब्रुअरीमा न्युजिल्यान्ड भ्रमणपछि जाधव भारतीय टोलीमा छैनन् ।

जाधवले भारतबाट७३ ओडिआई खेलमा २ शतक र ६ अर्धशतकसहित १ हजार ३ सय ८९ रन बनाएका छन् । ओडिआई २७ विकेट लिएका छन् । भारतीय टोलीमा युवा खेलाडीको सानदार प्रदर्शनसँगै ३७ वर्षीय जाधवको पूनरागमन सम्भावना भने लगभग समाप्त भई सकेको छ ।

महाराष्ट्रबाट घरेलु क्रिकेट खेल्ने जाधवनको यसअघिका खेलहरुमा भने राम्रो प्रदर्शन हुन सकेको थिएन । असाम पहिलो इनिङमा २ सय ७४ रनमा अल आउट भएको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.