default_image

3 years ago

January 6, 2023

नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई २०२३ मा विश्व क्रिकेटका शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्न पाउने अवसर छ । एसियन क्रिकेट काउन्सिले आफ्नो २०२३/२४ को क्यालेन्डर सार्वजनिक गर्दा नेपाललाई उक्त अवसर देखिएको हो ।

एसिसीको क्यालेन्डर अनुसार नेपालको सिनियर टोली, यू-१९ टोली र महिला टोलीले थुप्रै प्रतियोगिता खेल्न पाउनेछ । एकदिवसीय एसिया कप प्रमुख अवसर हो । एसिया कप सेप्टेम्बरमा हुनेछ । पाकिस्तानलाई उक्त आयोजना जिम्मा दिइएको बताएपनि एसिसीले क्यालेन्डरमा कस्ले आयोजना गर्ने खुलाएको छैन ।

एसिया कप समूह ए मा भारत, पाकिस्तान र क्वालिफायरबाट आउने एक टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न प्रिमियर कपको उपाधि जित्नुपर्ने हुन्छ । एसिसीले पहिलो पटक प्रिमियर कप आयोजना गर्दैछ । यसअघि हुँदै आएको जस्तो इस्टर्न र वेस्टर्न रिजन छनोट भने अब हुनेछैन ।

५० ओभरको प्रिमियर कपको समूह ए मा युएई, नेपाल, कुवेत, कतार र क्वालिफायरबाट आउने एक टोली हुनेछ । अर्को समूहमा ओमान, हङकङ, सिंगापुर, मलेसिया र क्वालिफायरबाट आउने एक टोली हुनेछ । यस प्रतियोगिता अप्रिलमा हुनेछ । यस प्रतियोगिता जित्न सके नेपालले एसिया कप खेल्नेछ ।

के के छन् नेपालले एसिसीको क्वालेन्डरमा खेल्ने तालिका ?

मार्चमा नेपालको यू–१६ टोलीले रिजनल प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता ३५ ओभरको हुनेछ । अप्रिलमा पुरुष टोलीले प्रिमियर कप खेल्नेछ । प्रिमियर कप उपाधि जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रिमियर कपमा १० टोली छन् । दुई टोलीमा विभाजन गरिएको छ । सेमिफाइनल हुँदै फाइनल हुनेछ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन टोली इमेर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

जुलाईमा इमेर्जिङ टिम्स एसिया कप ५० ओभरको हुनेछ । नेपाल यदि प्रिमियर लिगमा शीर्ष तीनमा पर्न सके इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । समूह ए मा भारत, पाकिस्तान र श्रीलंका ए टोलीसँगै छनोटबाट आउने एक एसोसियट देश हुनेछ । अर्को समूहमा अफगानिस्तान, बंगलादेशको ए टोलीसँगै क्वालिफायरबाट आउने दुई टोली हुनेछन् ।

आगमी नोभेम्बरमा यू–१९ प्रिमियर कप हुनेछ । युएई, नेपाल, कुवेत, कतार र क्वालिफायरबाट आउने एक टोली समूह ए मा हुनेछ । समूह बी मा ओमान हङकङ, सिंगापुर, मलेसिया र क्वालिफायरबाट आउने एक टोली हुनेछन् । यस प्रतियोगिताबाट तीन टोलीले यू–१९ एसिया कपमा स्थान बनाउने छन् । एसिया कप यू–१९ आगमी डिसेम्बरमा हुनेछ ।

यू–१९ एसिया कपमा भारत, पाकिस्तान, क्वालिफायर एक र टु रहनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र क्वालिफायर थ्रीको टोली हुनेछ । पहिलो पटक २०२४ को फेब्रुअरीमा टि२० च्यालेन्जर कप हुनेछ । जसमा वरियता १४ देखि २३ सम्मका एसोसियट टोली हुनेछन् । २०२४ को अप्रिलमा टि२० प्रिमियर कप हुनेछ । प्रिमियर कपमा वरियता ६ देखि १३, तथा क्वालिफायरबाट आउने दुई टोली हुनेछन् । अन्य थुप्रै प्रतियोगिता हुनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.