default_image

3 years ago

January 6, 2023

विराटनगरको नाटकीय जित, रोचक बन्यो प्लेअफ दौड

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडमाथि तीन रनको नाटकीय जित हात पारेसँगै प्लेअफ दौड रोचक बनेको छ । फार वेस्टले अन्तिम ओभरमा मात्रै ६ रन बनाउन नसकेपछि लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ ।

जितको लागि १ सय ४८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । फार वेस्टलाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिँएको थियो । तीव्र गतिका बलर केओन जोशेफले मात्रै दुई रन खर्चिएपछि विराटनगरले अन्तिम ओभरमा नाटकीय जितका साथ प्लेअफ सम्भावना बलियो बनाएको छ ।

जोशेफले पहिलो बल प्रकाश जैशीलाई एक रन दिए । त्यसपछिका दुई बल उमेर अलीलाई डट राखे । चौथो बलमा एक र पाँचौं बलमा रन आउट भए । अन्तिम बलमा चार रन चाहिँदा दुर्गेश गुप्ता मिस हुँदै रन आउट भए ।

फार वेस्टका कप्तान हश्मातुल्लाह शाहिदीले ४६ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा आउट भए । विनोद भण्डारी १०, देव खनाल ५, भीम सार्की ९ र नुर अहमद १० रनमा आउट भए । उमेर अलीले १२ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।

विराटनगरका राज नन्ननले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सूर्य तामाङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नन्दन यादव र केओन जोशेफले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । विराटनगरका हुसेन तालतले २९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । विवेक यादव २० बलमा २ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे ।

ओपनर गौरांशु शर्मा एक, प्रदीप ऐरी ३ र रोहित पौडेल २९ बलमा २१ रन बनाउँदै आउट भए । अर्जुन साउद २६ बलमा ३ चौकासहित २२ र पृथु बाँस्कोटा शून्यमा आउट भए । फार वेस्टका उमेर अलीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । करण केसी र दुर्गेश गुप्ताले एक एक विकेट लिए ।

यस्तो छ अंक तालिका र प्लेअफ समीकरण

लुम्बिनी १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । जनकपुर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच आइतबार पहिलो क्वालिफायर हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।

काठमाडौं ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौंले अन्तिम खेल शनिबार विराटनगरसँग खेल्नेछ । विराटनगरलाई हराउँदा काठमाडौंको १० अंक हुनेछ । तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नेछ । यदि काठमाडौं पराजित हुँदा भने उता पोखरा फार वेस्टसँग हार्नुपर्ने हुन्छ । वा पोखरा जित अन्तर निकै झिनो हुनुपर्छ ।

विराटनगर सुपर किंग्स ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । विराटनरले अन्तिम खेलमा काठमाडौंलाई हराउँदा १० अंकका साथ एलिमिनेटर खेल्नेछ । विराटनगर काठमाडौंसँग पराजित हुँदा अन्तिम खेलमा पोखरा पराजित हुनु पर्ने हुन्छ ।

पोखरा ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पोखराले शनिबार फार वेस्टमाथि सानदार जित हात पार्नुपर्ने हुन्छ । विराटनगर र पोखराबीचको खेलको हार्ने टोलीको अन्तर केहि फराकिलो हुनुपर्छ । जसले गर्दा समान ८ अंक भएपनि नेटरनरेटमा पछि पार्दै प्लेअफ खेल्न सक्छ । पराजित हुँदा भने स्वत बाहिरिने छ । फार वेस्ट युनाइटेड ९ खेलमा २ मा जित र ७ मा हारसहित एक खेल अगावै बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.