default_image

9 years ago

December 28, 2016

विराटनगरमा पारसको क्रेज

164 views

0 Bookmark


दिपेन्द्र पोखरेल (बिराटनगर) – विश्वमै सबैभन्दा बढी फ्यान फलोइङ खेलाडीकै छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसको एउटा उदाहरण पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको क्रिकेटलाई पछ्याउँदा थाहा हुन्छ । नेपाली क्रिकेटलाई पछ्याउने र नेपाली खेलाडीका पूर्वेली फ्यान यतिखेर दंग छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उच्च प्रदर्शनका साथ चर्चा कमाइरहेको नेपाली स्टार खेलाडी आफ्नै क्षेत्रमा आएर खेल्दा यहाँका समर्थकले उनीहरुको खेल हेर्ने मौका किन चुकाउथे ।

2016-12-29-08-08-51

मोरङको बैजनाथपुर स्थित मैदानमा सातौ राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत बुधबारको खेल हेर्न समर्थकहरुको बाक्लै उपस्थिति थियो । अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका खेलाडीलाई आफ्नो सामुन्ने देख्न पाउँदा स्थायिय समर्थक दंग देखिन्थे । अन्तर्राष्ट्रिय क्रिकेट हुँदा टिभिमा खेल हेरेर आनन्द मान्ने समर्थहरुले अहिले आफ्नै ठाँउको मैदानमा प्रत्यक्ष उनीहरुको खेलको आनन्द उठाउने मौका छाड्ने कुरै भएन । नेपाली राष्ट्रिय खेलाडी सम्मिलित टोलीको खेल हर्न दर्शकहरुको उपस्थिति पनि राम्रो हुने गरेको छ । त्यसबाट पनि भन्न सकिन्छ नेपालमा खेलाडीको फ्यान फलोइङ राम्रो छ ।

parash-khadka-biratnagar

समूह एबाट सेमिफाइनलमा पुगिसकेका एपिएफ र त्रिभुवन आर्मी क्लबबीच बुधबार समूह विजेताका लागि प्रतिस्पर्धा हुँदा पनि दर्शकको बाक्लो उपस्थिति थियो । अधिकांश दर्शक एपिएफलाई समर्थन गरिरहेको थिए । त्यसको पहिलो कारण थियो, टोलीका कप्तान पारस खड्का । राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस सम्भत समकालिन खेलाडीमा सबैभन्दा चर्चित, सफल र फ्यान फलोइङ भएका खेलाडी हुन् ।
पारससहित राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल , शक्ति गौचन , बसन्त रेग्मी जस्ता चर्चित अनुहार एपिएफमै हुनुले पनि स्थानिय दर्शकको साथ पाएको हुनुपर्दछ । त्यो खेल एपिएफले २८ रनले जितेको थियो । एएिफको जितमा निकै खुशी देखिन्थे समर्थकहरु । उनीहरु यति उत्साहित थिए की खेलाडीलाई मैदानबाट बस सम्म पुग्न पनि कठिन भइरहेको थियो । मैदानदेखि बससम्म पनि समर्थकले खेलाडीलाई पछ्याइरहेका थिए । खेलपछि खेलाडीसँग अटोग्राफ लिनु र सेल्फी खिच्नु उनीहरुको प्राथमिकतामा थियो ।

क्रिकेटरहरु विराटनगरमा निकै रुचाइए, त्यसमा पनि पारस केन्द्रमा थिए । मैदान बाहिरिदा उनी समर्थकको घेरामा परि हाल्थे । उनीसँग सेल्फी खिच्न समर्थकमा एकखालको प्रतिस्पर्धानै देखिन्थ्यो । बुधबारको खेलमा पनि त्यहि दृष्य दोहोरियो । समर्थकबाट पारस यति घेरिएकी भिड छलेर बससम्म पुग्न पनि उनले सुरक्षाकर्मीको सहयोग लिनुपर्यो । त्यसअघि नम्रता र धैर्यतापूर्व पारसले समर्थकलाई समय दिए ।

पारसको क्रेज भिडियोमा हेरौं ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.