default_image

3 years ago

January 10, 2023

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

188 views

0 Bookmark

एजेन्सी– कप्तान दासुन शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग ६७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।

श्रीलंका कप्तान दासुन शानका ८८ बलमा १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेका थिए । शानकाले ८७ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो शतक पूरा गरे । तर शानका बाहेक अन्य ब्याटर चन्न नसक्दा विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पराजित हुन पुग्यो ।

शानकालाई शतकका लागि अन्तिम दुई बलमा दुई रन चाहिँएको थियो । शानकाले पाँचौं बलमा मोहम्मद शामीलाई डिप एक्स्ट्रा कभरमा चौका हान्दै शतक पूरा गरे । अन्तिम बलमा छक्का हान्दै इनिङ सकाएका थिए ।

नवौं विकेटका लागि शानका र कसुन रजिथाले ७३ बलमा १ सय रनको साझेदारी गरेका थिए । रजिथा १९ बल खेल्दै ९ रन बनाए । उक्त साझेदारीमा ८८ रन शानकाले एक्लै जोड्दै उत्कृष्ट शतक हाने । तर त्यो जितको लागि भने पर्याप्त थिएन ।

ओपनर पाथुम निसांका ८० बलमा ११ चौकासहित ७२ रनमा आउट भए । अर्का ओपनर अविष्का फ्रेनान्डो शून्य, कुशल मेन्डिस ५, चरिथ असलंका २३ र वानिन्दु हसरंगा १६ रनमा आउट भए । धनन्जय डि सिल्भाले ४० बलमा ९ चौकासहित ४७ रन जोडे ।

भारतका उमरान मलिकले ८ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले दुई, मोहम्मद शामी, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो । भारतका विराट कोहलीले ८७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले ।

कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो । ओडिआईमा उनको लगातार दोस्रो शतक समेत हो । कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।

भारतलाई ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि गिल र रोहितले मात्रै १९.४ ओभरमा १ सय ४३ रनको आक्रामक शतकीय साझेदारी गरेका थिए । रोहित ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट भए । रोहित तीव्र गतिका बलर दिलशान मदुशंकाको बलमा बोल्ड भए ।

गिल ६० बलमा ११ चौकासहित ७० रनमा कप्तान दासुन शानकाको बलमा एलबीडब्लू आउट भए । चौथो विकेटका लागि लोकेश राहुल र कोहलीले ७० बलमा ९० रनको साझेदारी गरेका थिए । राुहल २९ बलमा ४ चौका र १ छक्कासहित ३९ र श्रेयस ऐर २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

हार्दिक पान्ड्या १४ र अक्षर पटेल ९ रनमा आउट भए । श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ८८ रन खर्चेर ३ विकेट लिए । दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए । दोस्रो ओडिआई खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।

यो पनि : दोहोरो शतकपछि मौका नपाउने ईशान पहिलो खेलाडी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.