default_image

1 year ago

January 11, 2023

जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शन

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिका क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको एसए टि२० प्रतियोगितामा एमआई केप टाउनले विजयी सुरुवात गरेको छ । एमआईले पार्ल रोयल्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको एमआईले २ विकेट गुमाउँदै […]

65 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिका क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको एसए टि२० प्रतियोगितामा एमआई केप टाउनले विजयी सुरुवात गरेको छ । एमआईले पार्ल रोयल्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको एमआईले २ विकेट गुमाउँदै पूरा गर्यो । उसको लागि डेवाल्ड ब्रेभिसले ४१ बलमा ४ चौका र ५ छक्कासहित ७० रनको अविजित इनिङ खेले ।

रायन रिकेल्टन ३३ बलमा ४ चौका र १ छक्कासहित ४२, साम करन २० र रास्सी भान डुसेनले ८ रन जोडे । पार्लको लागि कोडी युसुफले एक विकेट लिए ।

त्यसअघि केप टाउनमा टस हारेर पहिला ब्याटिङ गर्दा रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । उसका लागि ओपनर जस बटलरले ४२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए । डेविड मिलरले ३१ बलमा ४ चौका र १ छक्कासहित ४२ रन जोडे ।

जेसन रोय १३ र ओईन मोर्गन १९ रनमा आउट भए । एमआईका तीव्र गतिका बलर जोफ्रा आर्चरले ४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । ओली स्टोनले दुई विकेट लिए ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.