3 years ago
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एपिएफले पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेट र लुम्बिनीले कर्णालीलाई ९८ रनले हराउँदै विजयी सुरुवात गरेका हुन् ।

जनता क्रिकेट पार्क इटहरीमा टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५१ रन बनायो । गण्डकीको लागि कप्तान सृष्टी जैशीले २४ बलमा १ चौकासहित सर्वाधिक १४ रन बनाइन् । गण्डकीका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सृर्जना पौडेल ३, सीमा केसी २, कुसुम गोदार र सुजता थापा ७-७ रनमा आउट भए । एपिएफकी सुमन विष्टले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । सुष्मा श्रेष्ठ, नेरी थापा, सीता रानामगर र राजमती ऐरीले एक एक विकेट लिइन् ।
जितको लागि ५२ रनको सामान्य विजयी लक्ष्य एपिएफले ८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा सीता रानामगर २२ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । ज्योती पाण्डे ८ रनमा आउट भइन् । गण्डकीकी कप्तान सृष्टी पौडेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् ।
अर्को खेलमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३३ रन बनाइन् । कप्तान सरस्वती पुन २५ बलमा ३ चौकासहित ३० रनमा अविजित रहिन् ।
ओपनर आश्मा पुलामी मगर १४, सरस्वती घर्तीमगर ४ र रन्जु श्रेष्ठ १० रनमा आउट भइन् । कर्णालीको यमुना थारु र बिना थापाले दुई दुई विकेट लिए । कर्णालीले ४९ रन अतिरिक्त दिएको थियो । जसमा ४३ रन वाइड थियो ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा ४९ रनमा अल आउट भयो । कर्णालीको यमुना थारुले ४४ बलमा २ चौकासहित सर्वाधिक १३ रन बनाइन् । किरण कुँवर १२ बलमा २ चौकासहित १० रनमा आउट भइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीको स्पिनर कृतिका मरासिनीले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । अर्की स्पिनर मधु डिसीले ४ ओभरमा ५ रन खर्चेर ३ विकेट लिइन् । सुष्मिता भुषालले दुई विकेट लिइन् ।
प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लब गरि कुल ८ टोली सहभागी छन् । जसमा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश छन् ।
समूह बी मा प्रदेश एक, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ६ र फाइनल माघ ७ मा हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]