3 years ago
January 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता एक खेलाडीले स्कुटर पाउने भएको छन् । जिल्ला क्रिकेट संघ सुनसरी र नेपाल खेलकुद महासंघले प्रधानमन्त्री कप खेलेका ८ टोली मध्य एक नेपाली टोलीबाट खेलि सकेको खेलाडीलाई उक्त स्कुटर दिने भएको छ।

‘हामीले एक खेलाडीलाई स्कुटर दिन खोजेका हौं । यो लिएपछि उक्त खेलाडीले आगमी दश वर्ष क्रिकेट खेलोस् । जिल्ला क्रिकेट संघ र प्राविधिकहरुले सिफारिस गरेको खेलाडीलाई प्रदान गर्नेछौं । भविष्यको स्टारलाई दिने छौं’, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले भने ।
प्रतियोगिता संयोजक विप्लव घोषले ७ प्रदेश र नेपाल एपिएफ क्लब टोली मध्य नेपाली टोलीबाट खेलि सकेको एक खेलाडीले उक्त स्कुटर पाउने बताए ।
‘८ टोलीबाट एक खेलाडीले उक्त स्कुटर पाउनेछन् । हामी सल्लाह गछौं । सुनसरी जिल्ला क्रिकेट संघ र नेपाल खेलकुद महासंघले मिलेर दिन लागेका हौं । हामीले सुरुवात गर्यौ भने पछि राज्यले पनि गरोस भन्ने हाम्रो उदेश्य हो’, घोषले भने ।
‘यस प्रतियोगिता प्रदर्शन गरेको र उक्त खेलाडीको पारिवारिक अवस्था पनि हेर्ने छौं । नेपाली टोलीबाट परेको मध्य एउटालाई दिने विचार गरेका छौं । राज्यले पनि अव खेलाडीको भविष्य वारे सोचिदिनु पर्छ’, उनले भने ।
प्रतियोगिता पहिलो सेमिफाइनलमा शुक्रबार सुदूरपश्चिम र मधेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा एपिएफ र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ । प्रतियोगिता विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]