default_image

2 years ago

January 21, 2023

‘नेपालले श्रीलंकमा हुने विश्वकप खेल्नेमा विश्वास छ’– टमाटा

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले २०२४ मा श्रीलंमा हुने यू१९ विश्वकप खेल्नेमा आफूलाई विश्वास रहेको बताएका छन् । अर्को महिना युएईमा हुने आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली यू१९ टोलीको मुख्य प्रशिक्षक सम्हाल्लेका टमाटाले टोलीको अवस्था, बलियो पक्ष्य, टिमको लक्ष्य, कप्तानी देखि विभिन्न कुरामा प्रतिक्रिया दिएका छन् ।

‘समग्र तयारी राम्रो भएको छ । किनभने १५ दिन भन्दा बढी देखि अभ्यास गरेका छौं । फेब्रुअरी २४ मा हाम्रो प्रतियोगिता छ । हामीलाई चुनौती पनि छ । हामीले २०१६ देखि यू-१९ विश्वकप खेलेका छैनौं । मेरो लागि पनि एउटा मौका र चुनौती हो । खेलाडीले राम्रो तयारी र कडा मिहिनेत गरेका छन् । अहिले सम्म तयारी राम्रै भएको छ’, यू१९ का मुख्य प्रशिक्षक जगत टमाटाले हाम्रो खेलकुदसँग भने ।

नेपालले अन्तिम पटक २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । राजु रिजालको कप्तानी र जगत टमाटाको मुख्य प्रशिक्षकमा उक्त विश्वकप खेलेको थियो । २०१७ को यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल अफगानिस्तानसँग पराजित भएपछि २०१८ को यू-१९ विश्वकप खेल्न पाएन ।

२०१९ मा मलेसियामा भएको यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल वर्षाले प्रभावित खेलमा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएपछि २०२० को विश्वकप खेल्नबाट चुकेको थियो । उक्त यू-१९ टोली हालसम्मकै उत्कृष्ट बताइन्छ । उक्त खेल खेलेका ११ मध्य ९ खेलाडीले नेपाली सिनियर टोलीबाट खेलि सकेका छन् ।

तर कोरोना महामारीको कारण २०२२ मा हुने यू–१९ विश्वकपको लागि एसिया क्षेत्र छनोट नभएपछि युएई त्यहिँ एक रनको जितको कारण पुन विश्वकप खेलेको थियो । जगत टमाटाकै प्रशिक्षकमा त्यसअघि नेपालले २०१२ को यू–१९ विश्वकप समेत खेलेको थियो ।

उक्त विश्वकपपछि टमाटा क्यान निलम्बन हुँदा सिनियर टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी पाए । २०१८ मा उनकै प्रशिक्षकमा नेपालले ऐतिहासिक ओडिआई मान्यता प्राप्त गर्यो । सिनियर टोली हेरेपछि टमाटाले यू१९ टोली हेरेका थिएनन् ।

२०१६ देखि २०१९ सम्म विनोद दास र गत वर्ष वसन्त शाहीले हेरेका थिए । टमाटा पुन यू–१९ टोलीमा फर्किएका छन् ।
यू१९ टोलीले आन्तरिक रुपमा मुलपानीमा पाँच अभ्यास खेल खेलेको थियो । उक्त प्रदर्शनको आधारमा २८ बाट १८ खेलाडीमा झारिएको छ । सिनियर टोलीसँग दुई अभ्यास खेल खेलि सकेको छ । शनिबार र आइतबार सिनियर टोलीसँग अभ्यास खेल खेल्ने तालिका छ ।

ब्याटिङ नेपाली क्रिकेटको सबैभन्दा ठूलो समस्या हो । टमाटा ब्याटिङ औसत रहेको बताउँछन् । ‘ब्याटिङमा सबै औसत छ । म बलियो भन्दिन । हामीसँग टप अडर छ । टप अडरले राम्रो गर्यो भने तल्लोक्रमले पनि राम्रो गर्छ । नेपाली टोलीबाट खेलि सकेका गुलशनले मध्यक्रम धान्न सक्छन् । सिनियर खेलि सकेको लामो अनुभव भएको देव खनाल शीर्षक्रममा छन् । मुख्य भनेको प्रदर्शन हो । सिनियर जुनियर भन्दापनि प्रदर्शन महत्व राख्छ । जसले प्रदर्शन गर्छ उसले मौका पाउँछ’, उनले भने ।

टमाटा तीव्र गतिको बलिङ आक्रामण आफ्नो बलियो पक्ष बताउँछन् । सिनियर टोलीका दुई खेलाडी देव खनाल र गुलशन झा टोलीमा हुँदा यू-१९ बलियो देखिएको छ ।

‘गुलशन र देवको प्रदर्शन निकै महत्वपूर्ण रहनेछ । किनभने यी दुईले धान्नु पर्ने हो । शीर्षक्रममा देवले जिम्मेवारी लिएर खेल्नु पर्यो । गुलशनले बलिङसँगै मध्यक्रम सम्हाल्ले भने हामीले राम्रो प्रदर्शन गर्न सक्छौं’, टमाटाले भने ।

नेपालले छनोट अघि बंगलादेशमा अभ्यास खेल्ने सम्भावना छ । ‘हामीले क्यानलाई आग्रह गरेका छौं । बंगलादेशको लागि कुरा भई राखेको छ । आशा गरौं हुन्छ होला’, उनले भने ।

‘विश्वकप खेल्नमा सम्भावना भन्दा पनि मिहिनेत हो । मिहिनेत गरि राखेका छौं । आशा गरौं । क्यानले पनि मलाई विश्वास गरेरनै दिएको होला । खेलाडीहरुलाई २०१६ पछि यू१९ विश्वकप खेलेका छैनौं भनेको छु । यसमा सबैको जिम्मेवारी बन्छ । २०२४ को लागि हामीले राम्रो प्रदर्शन गरेपछि नेपालले श्रीलंकामा हुने विश्वकप खेल्छ भन्ने मैले विश्वास लिएको छु । खेलाडीहरुले त्यसै अनुसार मिहिनेत गरेका छन्’, टमाटाले भने ।

गतवर्ष नेपाली यू-१९ को कप्तानी देव खनालले गरेका थिए । यो पटक देव र गुलशन सिनियर टोलीको खेलाडीको रुपमा छन् । नेपाललाई यू१६ को उपाधि दिलाई सकेका विशाल विक्रम केसी पनि टोलीमै छन् । कप्तानी कसले गर्छ धेरैको चाखको विषय पनि बनेको छ । टमाटा कप्तान छान्न सहज नहुने बताउँछन् ।

‘कप्तान छनोट गर्न चुनौती छ । हामीले हेरि राखेका छौं । सिनियर खेलाडीलाई प्रयास गरि राखेका छौं । छनोटकर्ताहरु पनि यहिँ हुनुन्छ । सबै बसेर निर्धारण गछौं’, कप्तानी बारे भने ।

‘हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । दोस्रो भएर काम भएन । अहिले देखिनै जसरी भएपनि राम्रो क्रिकेट खेलेर टिमलाई क्वालिफायर गराउने हो’, टमाटाले उदेश्य भने ।

युएईसँग नेपालले अन्तिम पटक एक रनले हार्दा दुई विश्वकप खेल्न पाएको छैन । युएई नेपालको यस पटक पनि प्रमुख विपक्षी टोली हो । एक रनको हारको बदला लिने इख पनि रहेको बताए ।

‘पक्कैपनि त्यहिँ अनुसार खेलाडीहरुलाई भनेको छौं । २०२४ को यू१९ विश्वकप खेलौं न भन्ने एउटा आखाँको अगाडि सपना पनिछ । आशा गरौं । सबै सकरात्मक होला’, उनले भने । टमाटाले फिल्डिङ क्षेत्र आफ्नो कमजोरी हुँदा सुधार गर्नुपर्ने बताउँछन् ।

नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.