default_image

3 years ago

January 21, 2023

भारतको सानदार बलिङसँगै न्युजिल्यान्ड सस्तैमा अल आउट

199 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली भारतलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ ।
रायपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ३४.३ ओभरमा १ सय ८ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ५२ बलमा ५ चौकासहित सर्वाधिक ३६ रन बनाए ।

मिचेल सान्टनार २७ र माइकल ब्रेसवेलले २२ रनमा आउट भए । भारतको सानदार बलिङ सामु न्युजिल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर फिन एलेन शून्य, डेभन कन्वे ७, हेनरी निकोलस २, डर्याल मिचेल र कप्तान टम लाथम एक एक रनमा आउट भए ।

एक समय १५–५ को दयनीय अवस्थामा पुगेको न्युजिल्यान्डलाई छैटौं विकेटका लागि माइकल ब्रेसवेल र ग्लेन फिलिप्सले ४८ बलमा ४१ रनको साझेदारी गर्दै झिनो आशा देखाएका थिए । पहिलो खेलमा ७८ बलमा १ सय ४० रनको सानदार इनिङ खेलेका ब्रेसवेल मोहम्मद शामीको बाउन्सर बलमा एज लागेर विकेटकिपर ईशान किशनबाट क्याच आउट भएपछि झिनो आशा समाप्त भएको थियो ।

सातौं विकेटका लागि ग्लेन फिलिप्स र मिचेल सान्टनारले ७० बलमा सर्वाधिक ४७ रनको साझेदारी गर्दै एक सय रनको योगफल कटाउन सफल भए । सान्टनार हार्दिक पान्ड्याको बलमा एज लागेर बोल्ड हुन पुगे । त्यो समय न्युजिल्यान्ड १०३–७ को अवस्थामा थियो ।

भारतका मोहम्मद शामीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या र वासिन्टन सुन्दरले दुई दुई विकेट लिए । मोहम्मद शिराज, शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए । तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.