3 years ago
January 21, 2023
एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २–० को अग्रता लिँदै एक खेल अगावै सिरिज जित्यो।

जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २०.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा रोहित शर्मा ५० बलमा ७ चौका र २ छक्कासहित ५१ रनमा आउट भए ।
पहिलो विकेटका लागि ओपनर शुभमन गिल र रोहित शर्माले १४.२ ओभरमा ७२ रनको साझेदारी गरेका थिए । रोहित तीव्र गतिका बलर हेनरी शिफ्लेको बलमा एलबीडब्लू आउट भए । मिचेल सान्टनारको बलमा विराट कोहली ११ रनमा स्टम्पिङ आउट भए । शुभमन गिल ५३ बलमा ६ चौकासहित ४० र ईशान किशन ९ बलमा २ चौकासहित ८ रनमा अविजित छन् ।
त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ३४.३ ओभरमा १ सय ८ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ५२ बलमा ५ चौकासहित सर्वाधिक ३६ रन बनाए ।
मिचेल सान्टनार २७ र माइकल ब्रेसवेलले २२ रनमा आउट भए । भारतको सानदार बलिङ सामु न्युजिल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर फिन एलेन शून्य, डेभन कन्वे ७, हेनरी निकोलस २, डर्याल मिचेल र कप्तान टम लाथम एक एक रनमा आउट भए ।

एक समय १५–५ को दयनीय अवस्थामा पुगेको न्युजिल्यान्डलाई छैटौं विकेटका लागि माइकल ब्रेसवेल र ग्लेन फिलिप्सले ४८ बलमा ४१ रनको साझेदारी गर्दै झिनो आशा देखाएका थिए । पहिलो खेलमा ७८ बलमा १ सय ४० रनको सानदार इनिङ खेलेका ब्रेसवेल मोहम्मद शामीको बाउन्सर बलमा एज लागेर विकेटकिपर ईशान किशनबाट क्याच आउट भएपछि झिनो आशा समाप्त भएको थियो ।
सातौं विकेटका लागि ग्लेन फिलिप्स र मिचेल सान्टनारले ७० बलमा सर्वाधिक ४७ रनको साझेदारी गर्दै एक सय रनको योगफल कटाउन सफल भए । सान्टनार हार्दिक पान्ड्याको बलमा एज लागेर बोल्ड हुन पुगे । त्यो समय न्युजिल्यान्ड १०३–७ को अवस्थामा थियो ।
भारतका मोहम्मद शामीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या र वासिन्टन सुन्दरले दुई दुई विकेट लिए । मोहम्मद शिराज, शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए । भारत पहिलो खेलमा १२ रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार इन्डोरमा हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]