3 years ago
January 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालले आइसिसी यू-१९ विश्वकप छनोटमा राम्रो गर्दै विश्वकप खेल्ने ठूलो सपना भएको बताएका छन् । आगमी महिना युएईमा हुने आइसिसी यू–१९ विश्वकप एसिया छनोट (एसिया डिभिजन १) को लागि बन्द प्रशिक्षणमा रहेका देव खनालले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘म पहिला त क्यानलाई धन्यावाद दिन चाहन्छु । जसरी वहाँहरुले विश्वकप छनोटको लागि क्याम्प लगाउनु भएको छ । एक दुई महिना बाँकी हुँदा हामीले यसरी आएर अभ्यास गर्न पाउनु सबैभन्दा ठूलो कुरा हो । टिममा सबै यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गरेर आएका खेलाडी छन् । टिम सन्तुलित देखिएको छ’, सिनियर टोलीबाट खेलि सकेका देव खनालले भने ।
गतवर्ष कोरोना महामारीको कारण आइसिसीले यू–१९ विश्वकप एसिया क्षेत्र छनोट गरेको थिएन । जसको कारण युएईले सिधैं विश्वकप खेल्ने मौका पाएको थियो । यू–१९ एसिया कप भने गतवर्ष नेपालले देव खनालकै कप्तानीमा खेलेको थियो । देव पछिल्लो समय सबैभन्दा ठूलो आशा बोकेका युवा ब्याटर हुन् । सिनियर टोलीबाट १० ओडिआई खेल खेलि सकेका देवको भूमिका यू१९ मा महत्वपूर्ण हुनेछ ।
‘म र गुलशन भनेको सिनियर टोली देखि खेलि सकेको हो । त्यो भनेको एकदमै ठूलो भूमिका हो जस्तो लाग्छ । यस विश्वकप छनोटमा म र गुलशनमा धेरै जिम्मेवारी हुन्छ । हामीले यू-१९ विश्वकप नखेलेको पनि झन्डै ८ वर्ष भईसक्यो । हाम्रो लक्ष्य विश्वकप नै हो । त्यसको लागि हामीले छनोट जित्नु पर्ने हुन्छ’, उनले भने ।

ब्याटिङ नेपालको हरेक क्षेत्रको कमजोर मानिन्छ । देव यू-१९ मा राम्रो भएको बताउछन् । ‘ब्याटिङ हाम्रो एकदम बलियो छ । ओपनरमा आकाश, दीपक बोहरा, अर्जुन कुमाल, म आफैं भएँ । ब्याटिङ टप अडर देखि तल्लोक्रमसम्म एकदमै राम्रो छ । तलआएर अलराउन्डर छन् । गुलशन भयो आफैं । खेलमा कसले कस्तो प्रदर्शन गर्छ भन्ने हुन्छ’, देवले टोलीको ब्याटिङबारे भने ।
नेपालले २०१६ पछि भने यू–१९ विश्वकप खेलेको छैन । २०१७ को छनोटमा अफगानिस्तान र २०१९ को छनोटमा युएईसँग पराजित भएको थियो । युएईसँग वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आभरमा एक रनले पराजित हुँदा २०२० र २०२२ को विश्वकप गुमाउनु परेको थियो ।
‘विश्वकप खेल्ने आत्माविश्वास एकदमै देख्छु । जगत गुरु हुनुन्छ । वहाँ आफैं नेपाली क्रिकेटको लागि लक्की जस्तो हुनुन्छ । वहाँले जसरी ब्याक गरि राख्नु भएको छ । वहाँ हुनु नै हाम्रो लागि एकदमै ठूलो कुरा हो जस्तो लाग्छ मलाई । क्याम्प सुरु भएपछि वहाँको पहिलो भनाई नै हामीले विश्वकप नखेलेको ८ वर्ष भईसक्यो । यो पटक हामी विश्वकप खेल्नै पर्छ भनेर थियो’, उनले भने ।

देव केन्या भ्रमण पछि नेपाली सिनियर टोलीमा छैनन् । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गरेपनि यू-१९ राष्ट्रिय प्रतियोगिता र नेपाल टि२० लिगमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन् । देव पनि आफ्नो लागि यो प्रतियोगिता धेरै महत्वपूर्ण भएको स्वीकार गर्दछन् ।
‘मेरो लागि एकदमै महत्वपूर्ण हुन्छ । मलाई सिनियर टोलीमा फेरि आउनु छ । त्यसको लागि पहिला पनि यू-१९ देखिनै प्रदर्शन गरेर आएको हो । फेरि पनि त्यहिँ बाटो छ । मेरो लागि एकदमै महत्वपूर्ण प्रतियोगिता छ । विश्वकप सबैको सपना हुन्छ । चाहेँ त्यो यू-१९ होस् वा सिनियर । राम्रो गरेर विश्वकप खेल्ने ठूलो सपना छ’, देवले आफ्नो लक्ष्य बताए ।
प्रतियोगिता फेब्रुअरी अन्तिममा युएईमा हुनेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।
‘नेपालले श्रीलंकमा हुने विश्वकप खेल्नेमा विश्वास छ’– टमाटा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]