default_image

1 year ago

January 27, 2023

डुसेनको शतकमा इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ९९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । रास्सी भान डुसेनले १ सय १७ बलमा ६ चौका र […]

47 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ९९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । रास्सी भान डुसेनले १ सय १७ बलमा ६ चौका र १ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेले । डुसेन साम करनको बलमा डिप कभरमा बेन डकेटबाट क्याच आउट भए ।

डेविड मिलरले ५६ बलमा ४ चौका र १ छक्कासहित ५३ रनमा आउट भए । पाँचौं विकेटका लागि डुसेन र मिलरले १ सय बलमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकालाई ओपनर टेम्बा बभुमा र क्विन्टन डि ककले ८.४ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डि कक ४१ बलमा ५ चौका र १ छक्कासहित ३७ तथा बभुमा २८ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एडेन माक्ररम १३ र हेनरिक क्लासेन ३२ बलमा २ छक्कासहित ३० रनमा आउट भए ।

इंग्ल्यान्डका साम करनले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चर, मोईन अली, आदिल राशिद र ओली स्टोनले एक एक विकेट लिए ।

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.