3 years ago
February 3, 2023
एजेन्सी – पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले पूर्व कप्तान शाहिद अफ्रिदीको छोरी अन्शासँग विवाह गरेका छन् । शाहिनले शुक्रबार पाकिस्तानको कराँचीमा मुश्लिम पराम्परा अनुसार विवाह गरेका हुन् । शाहिन र अन्शाले दुईवर्ष अघि इन्गेजमेन्ट गरेका थिए ।

शाहिनको विवाहमा पाकिस्तानका कप्तान बाबर आजम, शरफराज अहमद, नसिम शाह र शादब खान लगायतका क्रिकेटर सहभागी थिए । शाहिन पाकिस्तानका वर्तमान समयका प्रमुख खेलाडी हुन् ।
तीन महिनाअघि अष्ट्रेलियामा भएको टि२० विश्वकपमा पाकिस्तानलाई फाइनल सम्म पुर्याउन शाहिनले सानदार प्रदर्शन गरेका थिए । फाइनलको अन्तिम समयमा शाहिन घाइते भएपछि पाकिस्तान इंग्ल्यान्डसँग पराजित हुन पुगेको थियो ।
गतवर्ष टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउँदा शाहिन ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । २२ वर्षीय उनले पाकिस्तानबाट २५ टेस्ट, ३२ ओडिआई र ४७ टि२० आई खेल खेलेका छन् । विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट बलरमा पर्दछन् ।
उता ४२ वर्षीय अलराउन्डर शाहिद अफ्रिदी विश्व क्रिकेटकै एक सफल अलराउन्डर हुन् । उनले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई र ९९ टि२० आई खेल खेलेका छन् । शाहिद अफ्रिदी वर्तमान समयका पाकिस्तानका प्रमुख छनोटकर्ता समेत हुन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]