3 years ago
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन् । बलात्कार आरोप पछि नेपाली टोलीमा फर्किएका सन्दीपलाई भेट्न रिजवान आइतबार नेपाल आएका थिए ।

सन्दीपलाई हौसला प्रदान गर्न रिजवान नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) उच्च स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । स्रोतका अनुसार सन्दीपलाई रिजवानले आइतबार नै भेटेर हौसला प्रदान गरेका छन् । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट नेपाल आइपुगेको बुझिएको छ ।
क्यान स्रोतका अनुसार सन्दीपलाई भेटेर मनोबल बढाउन पछिल्लो समय विश्वस्टार क्रिकेटरहरुले इच्छा जनाउँदै आएका छन् । भारतीय विकेटकिपर दीनेश कार्तिकले पनि नेपाल आएर सन्दीपलाई भेट्ने इच्छा गरेको बुझिएको छ ।
रिजवानले सोमबार विहान नेपाली क्रिकेट टोलीलाई पनि भेटेर सल्लाह सुझाव दिएका छन् । नेपाली टोलीसँग बैठक गरिरहेका रिजवान आज नै पाकिस्तान फर्किनेछन् ।
गत मंगलबार पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । बलात्कार आरोपपछि सन्दीपमाथि मनोबलमा असर परेको हुँदा उनलाई सहयोगन गर्न नै रिजवान नेपाल आएको बुझिएको छ ।
शुक्रबारदेखि सन्दीपले सिनियर टोलीसँग बन्द प्रशिक्षणमा सामेल भएका थिए । एक हप्तापछि घरेलु मैदान टियुमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।
सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको छ । तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको छैन । बलात्कार आरोप लागेपछि सन्दीप असोज २० मा नेपाल प्रहरी सामू आत्मासमर्पण गरेका थिए । सन्दीप ९९ दिन हिरासतमा बस्नुपरेको थियो ।
रिजवान वर्तमान समयका टि२० क्रिकेटका प्रमुख ब्याटर हुन् । विश्व टि२० आई वरियता दोस्रो स्थाननमा रहेका रिजवानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानले विश्व क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दा रिजवान र बाबर आजम नायक बन्दै आएका छन् । ३० वर्षीय रिजवानले ८० टि२० आई खेलमा १ शतक र २३ अर्धशतकसहित २ हजार ६ सय ३५ रन बनाएका छन् ।
गतवर्ष टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदा रिजवानले ७९ रनको यादगार प्रदर्शन गरेका थिए । रिजवान क्लास, जिम्मेवारी र ठूलो इनिङका लागि चर्चित ब्याटरमा पर्दछन् । रिजवानको विकेट लिन विश्वका जुनसुकै बलरलाई कठिन पर्दै आएको छ । उनको परिपक्क प्रदर्शनमा पाकिस्तानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
रिजवानको क्रिकेट जीवनी पढ्नुहोस् : रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]