default_image

3 years ago

February 6, 2023

मोन्टी औपचारिक रुपमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक हप्ता अघिनै नेपाल आएका भारतीय मोन्टी देशाई नेपाली क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा औपचारिक रुपमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा सोमबार एक पत्रकार सम्मेलन गर्दै नियुक्त गरेको जानकारी दिएको छ ।

मोन्टी माघ १४ मा नेपाल आइपुगेका थिए । नेपाल आएको अर्कोदिनबाट मोन्टीले नेपालमा प्रशिक्षण सुरु गरेका थिए । मोन्टी नेपाल आएको एक हप्तापछि मात्रै क्यानले औपचारिक रुपमा नियुक्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति समयमै नदिँदा ढिलो नियुक्त भएको हो । उनले एक हप्तादेखि नेपाली टोलीलाई प्रशिक्षण दिई रहेका छन् ।

अर्को हप्ता घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्दैछ । मोन्टीले त्यहिँ सिरिजबाट डेब्यू गर्नेछन् । मोन्टी २०१७ पछि नेपाली क्रिकेट टोलीमा फर्किएका हुन् ।

मोन्टी ब्याटिङ सल्लाहकार हुँदा २०१७ मा नेपालले यू-१९ एसिया कपमा भारतलाई पराजित गरेको थियो । क्रिकेट इतिहासमा नेपालले कुनैपनि खेलमा भारतलाई हराएको त्यो नै पहिलो र एक मात्रै खेल हो । मोन्टी पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । मोन्टीले डिसेम्बर महिनादेखि वेस्टइन्डिज छाडेका हुन् ।

क्यानले पाँच जना सर्टलिष्टबाट मोन्टीलाई नियुक्त गरेको हो । अघिल्लो महिना भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएपछि रिक्त रहेको पदमा क्यानले खुल्ला आवेदन मागेको थियो । कुल २४ जनाले आवेदन दिँदा पाँच जनाको नाम सर्टलिष्टमा परेको थियो ।

क्यानले सर्ट लिष्टमा परेका भारतीय मोन्टी देशाई, पूर्व मुख्य प्रशिक्षक डेभ ह्वाटमोर, श्रीलंका तीव्र गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्ड टी–२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तरवार्ता लिएको थियो ।

ब्याटिङमा लगातार खराब प्रदर्शन गरेपछि नेपालले आइपिएलदेखि टेस्ट टोलीसम्म निकै राम्रो अनुभव बोकेका मोन्टीलाई ल्याउने निर्णय लिएको हो । नेपालले यसअघि लगातार मोन्टी देशाई ल्याउन खोजेपनि उनको कार्य व्यस्तताका कारण अन्तिम समयमा सफल हुन सकेको थिएन ।

डेभ ह्वाटमोर, पुबुदु दासानायके र मनोज प्रभाकरलाई नियुक्त गर्नुअघि नेपालको प्राथमिकतामा मोन्टी नै थिए । तर मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्न बढी समय मागेपछि क्यानले अन्यलाई नियुक्त गरेको थियो । डेढ वर्षको अन्तरमा तीन विदेशी प्रशिक्षक परिवर्तन पछि देशाईलाई नियुक्त गरेको हो ।

मोन्टीलाई ल्याउँदा नेपालको ब्याटिङमा सुधार, अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनमा फरक, भाषामा समस्या नहुने र भारतीय घरेलु क्रिकेटको धेरै फाइदा उठाउन सक्ने अनुमान गरिएको छ । विशेषगरि उनी युवा प्रतिभा पहिचान र ब्याटिङमा सुधारका लागि चिनिन्छन् ।

मोन्टीले वेस्टइन्डिज, नेपाल, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्स, भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका आएका छन् ।

नेपालले २०१४ मा बंगलादेशमा भएको आइसिसी टि२० विश्वकप पहिलो पटक खेल्दा उनी टोलीमै थिए । २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए । पछिल्लो एक दशकदेखि उनले नेपाली खेलाडीलाई निकै नजिकबाट हेरेका छन् ।

मोन्टीको प्रशिक्षण अनुभव

मोन्टीले २०१९ देखि २०२२ डिसेम्बर सम्म वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । मोन्टी २०१९ मा वेस्टइन्डिज जानुअघि युएईको ब्याटिङ प्रशिक्षक थिए । टि२० विश्वकप छनोटपछि भने उनी युएई छाडेर वेस्टइन्डिज गएका थिए । मोन्टी २०१८ देखि २०१९ जुलाई सम्म क्यानडाको मुख्य प्रशिक्षक थिए ।

२०१८ को एकदिवसीय विश्वकप छनोटमा मोन्टी नै अफगानिस्तका ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानले फाइनलमा वेस्टइन्डिजलाई हराउँदै उपाधि जितेको थियो । मोन्टीले २०१६ र २०१७ को आइपिएलमा गुजरात लायन्सको टोली पर्फर्मेन्स कोचको रुपमा हेरेका थिए । मोन्टीले २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए । राजस्थानले २००८ को पहिलो संस्करणमै उपाधि जितेको थियो ।

मोन्टी यसअघि नै नेपालमा काम गर्न चाहन्थे । उनी पहिलादेखिनै नेपाली क्रिकेटलाई आफूले केहि गर्न चाहेको र अन्य देशमा भन्दा कम सेवा सुविधामा काम गर्न तयार भएको समेत बताएका थिए । तर क्यान आइसिसीको निलम्बनमा हुँदा त्यो सम्भव हुन सकेन । क्यान आएपछि नेपालले लगातार प्रस्ताव गरेपनि आइपिएलको कार्य व्यस्तताका कारण उनी आएनन् ।

मोन्टीको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल अर्को महिना आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ ।

दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नु पर्ने हुन्छ । नेपालले एक महिना उत्कृष्ट प्रदर्शन गर्दै ओडिआई मान्यतालाइ निरन्तरता दिनुपर्ने हुन्छ । खराब ब्याटिङ सुधार मोन्टीको लागि मुख्य चुनौती हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.