default_image

3 years ago

February 8, 2023

भारतीय स्पिन सामु अष्ट्रेलियाको ब्याटिङ परिक्षा

309 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको पहिलो टेस्ट खेल विहीबार देखि नागपुरमा सुरु हुँदैछ । खेल विहीबार विहान नेपाली समय अनुसार ९ : ४५ मा विदर्भ क्रिकेट एसोसियसन नागपुरमा सुरु हुनेछ ।

घरेलु टोली भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न चार मध्य तीन खेल जित्नुपर्ने हुन्छ । यता अष्ट्रेलियाको फाइनल लगभग पक्कापक्की छ । भारतसँग चार मध्य एक खेल जित निकाल्दा अष्ट्रेलिया फाइनलमा औपचारिक रुपमा प्रवेश गर्नेछ ।

तर भारत र अष्ट्रेलियाबीच यो सिरिज दुईदेशबीचको प्रतिष्ठाको लडाई हो । विश्वका दुई शक्तिशाली देश उत्कृष्ट प्रदर्शनका साथ सिरिज जित्न चाहन्छन् । भारतलाई जित्नै पर्ने दबाब हुँदा अष्ट्रेलिया स्वतन्त्र रुपमा आफ्नो खेल खेल्नेछ । भारत आफ्नो घरेलु मैदान, समथर्क र वातावरणको फाइदा उठाउने सोचमा छ ।

यस टेस्ट सिरिजलाई भारतको स्पिन र अष्ट्रेलियाको ब्याटिङको लडाईको रुपमा समेत हेरिएको छ । नागपुरमा स्पिनरलाई सहयोग पुग्ने अनुमान गरिएको छ । भारतीय मिडियाका अनुसार पिच टर्न बनाइएको छ । भारतले तीन स्पिनर मैदान उतार्ने उच्च सम्भावना छ । विश्व क्रिकेटमा सानदार ब्याटिङ गर्दै आएका विश्वस्टार ब्याटर अष्ट्रेलिया ब्याटिङको पनि असली परिक्षा हुनेछ ।

अष्ट्रेलिया टोलीमा डेविड वार्नर, उस्मान खवाज, स्टिभ स्मिथ, मार्नस लाबुसेन र ट्रविस हेड जस्ता लयमा भएका स्टार ब्याटर छन् । लाबुसेन विश्व टेस्ट वरियताका नम्बर वान ब्याटर हुन् । दोस्रो नम्बरमा स्टिभ स्मिथ छन् । चौथो नम्बरमा विश्व वरियतामा हेड छन् । आठौं नम्बरमा उस्मान खवाजा छन् ।

लाबुसेनले मात्रै ३३ टेस्ट खेलमा ५९.४३ को औसतमा १० शतक र १४ अर्धशतकसहित ३ हजार १ सय ५० रन बनाएका छन् । लाबुसेनले लगातार मध्यक्रममा भरपर्दो ब्याटिङ गर्दै आएका छन् ।

स्मिथ विश्व टेस्टकै सर्वाधिक सफल ब्याटर मध्यका एक हुन् । स्मिथको विकेट भारतको लागि महत्वपूर्ण हुनेछ । तर स्मिथ उच्च लयमा छन् । बिग ब्यास लिगमा लगातार दुई शतक हानेर आएका स्मिथको मनोबल उच्च छ । अनुभवी टेस्ट स्टार स्मिथ स्पिन बलिङ पनि राम्रो खेल्ने गर्दछन् ।

अष्ट्रेलिया आफ्ना प्रमुख ब्याटर स्मिथबाट ठूलो इनिङ चाहन्छ । उता उस्मान खवाजा र ट्रविस हेडले टेस्टमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । त्यसैले अष्ट्रेलियाको ब्याटिङ युनिट निकै मजबुत छ । विकेटकिपर एलेक्स केरी पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । युवा अलराउन्डर क्यामरन ग्रीन, मिचेल स्टार्क र जोश हेजलवुड चोटका कारण पहिलो टेस्ट गुमाउनेछन् । ग्रीन नहुँदा तल्लोक्रम ब्याटिङमा केहि असर पर्नसक्छ ।

विश्वस्तरिय ब्याटिङ आक्रामण भएको अष्ट्रेलियालाई भारतीय मैदानमा स्पिनर खेल्न सहज भने हुनेछैन । पिच टर्न बनाइएको छ । अर्कोतर्फ भारतसँग रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, कुलदीप यादव र अक्षर पटेल जस्ता विश्वस्तरिय स्पिनर छन् । यी चार मध्य तीनले प्लेइङ ११ मा खेल्ने सम्भावना छ । भारतले तीव्र गतिका बलरमा मोहम्मद शिराज र मोहम्मद शामीलाई मैदान उतार्ने सम्भावना छ । स्पिनरको प्रदर्शन भारतको लागि महत्वपूर्ण हुनेछ ।

भारतको ओपनिङमा रोहित शर्मालाई लोकेश राहुल वा शुभमन गिल मध्य एकले साथ दिनेछन् । पछिल्लो समय न्युजिल्यान्डविरुद्ध ओडिआईमा दोहोरो र टि२० आईमा शतक हानेका गिललाई मौका दिनसक्छ । तेस्रो नम्बरमा चेतेश्वर पुजारा र चौथो नम्बरमा विराट कोहली हुनेछन् ।

पुजारा र कोेहली भारतका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरबाट उच्च प्रदर्शन चाहन्छ । कार दुर्घटनाको कारण विकेटकिपर ऋषभ पन्त नहुँदा टोलीलाई असर पर्नेछ । भारतले पाँचौं नम्बरमा सूर्यकुमार यादवलाई डेब्यू दिनसक्छ । विकेटकिपरमा केएस भरत र ईशान किशन मध्य एकको सम्भावना छ । किशन भन्दा भरत अघि देखिन्छन् । अष्ट्रेलियाका स्तरिय स्पिनर नाथन लायनको सामना गर्न भारतीय ब्याटरलाई पनि सहज हुनेछैन ।

हेड टु हेड :

भारत र अष्ट्रेलियाबीच टेस्टमा १ सय २ खेल भएका छन् । जसमा अष्ट्रेलिया ४३ र भारत ३० खेलमा विजयी भएका छन् ।


अष्ट्रेलिया १५ खेलमा १० मा जित र १ मा हारसहित ७५.५६ जित प्रतिशतकका साथ शीर्षस्थानमा छ । अष्ट्रेलियाको फाइनल अनौपचारिक बाँकी देखिन्छ । भारत १४ खेलमा ८ मा जित र ४ मा हारसहित ५८.९३ जित प्रतिशतका साथ दोस्रो स्थानमा छ । २०२१ को टेस्ट च्याम्पियनसिप फाइनलमा भारत न्युजिल्यान्डसँगा ८ विकेटले पराजित भएको थियो । भारत यस पटक फाइनल खेल्न तीन खेल जित्नुपर्ने हुन्छ । अन्यथा श्रीलंका वा दक्षिण अफ्रिका मध्य एक टोली फाइनल खेल्नेछन् ।

श्रीलंका १० खेलमा ५ मा जित र ४ मा हारसहित ५३.३३ जित प्रतिशतका साथ तेस्रो स्थानमा छ । श्रीलंकाले अव न्युजिल्यान्डसँग दुई टेस्ट खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका १३ खेलमा ६ मा जित र ६ मा हारसहित ४८.७२ जित प्रतिशतका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिकाले वेस्टइन्डिजसँग दुई टेस्ट खेल खेल्न बाँकी छ । श्रीलंका र दक्षिण अफ्रिका भारतको हार चाहन्छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.