default_image

3 years ago

February 9, 2023

नेपाल आइपुग्यो स्कटल्यान्डको टोली

354 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्डको टोली नेपाल आइपुगेको छ । स्कटल्यान्डको टोली विहीबार बिहान नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्यान) का कोषाअध्यक्ष रोशनसिंहले जानकारी दिएका छन् ।

स्कटल्यान्डको टोली विहान ८: ४५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । रोशनका अनुसार स्कटल्यान्डको टोलीले शुक्रबारदेखि मुलपानीमा अभ्यास गर्नेछ । अभ्यास खेल खेल्ने सम्भावना पनि छ । तर कुन टोलीसँग भने निर्धारण भएको छैन ।

आइसिसी विश्वकप लिग–२ को च्याम्पियन पक्काजस्तै बनेको स्कटल्यान्ड दुई नयाँ खेलाडीलाई मौका दिँदै नेपाल आएको छ । स्कटल्यान्डले युवा स्टार ज्याक जार्विसलाई पहिलो पटक समेटेको छ । उनले यू-१९ क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिमा बलिङ गर्ने उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्नेछन् । उनले क्याम्पमा लगातार राम्रो प्रदर्शन गरेपछि मौका दिएको हो ।

त्यस्तै २१ वर्षीय तीव्र गतिका बलर लियाम नेलरलाई पनि मौका दिएको छ । उनलाई क्षमता विकाश गर्नको लागि नेपाल ल्याउने छ । लियामले गत वर्ष राम्रो प्रभाव छाडेका थिए ।

स्कटल्यान्डको यो अन्तिम लिग हो । नेपाल, नामिबिया र स्कटल्यान्डबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्नुको साथै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगि सकेको छ । अव बाँकी दुई टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । नेपालले भने शीर्ष तीनमा स्थान बनाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारका साथ १८ अंक जोड्दै छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले भने हालसम्म अन्तिम टोली घोषणा गरेको छैन । नेपालले शुक्रबार टोली घोषणा गर्ने सम्भावना छ । नामिबियाको टोली भने दुईदिनपछि आउने छ ।

स्कटल्यान्डको टोली :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप(कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.