3 years ago
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् ।

सन्दीप बलात्कार आरोप लागेपछि पाँच महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । सन्दीपलाई गत भदौमा १७ वर्षीय बालिकालाई बलत्कार गरेको आरोप लागेको थियो । जुन मुद्धा हालसम्म फैसला हुन सकेको छैन । बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालले आरिफ शेख, अर्जुन साउद, प्रतिश जि.सी. र मौसम ढकाललाई बेन्चमा राखेको छ । किशोर महतो र कमलसिंह ऐरी भने बाहिरिएका छन् ।
भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।
सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको छ । तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको छैन ।

बलात्कार आरोप लागेपछि सन्दीप असोज २० मा नेपाल प्रहरी सामू आत्मासमर्पण गरेका थिए । सन्दीप ९९ दिन हिरासतमा बस्नुपरेको थियो । सन्दीप दोषी हुन् वा होइनन् जिल्ला अदालत काठमाडौंले कुनै फैसला गरेको छैन ।
क्यानले गत असोजमा लगाएको निलम्बन गत मंगलबार बसेको बोर्ड बैठकले फुकुवा गरेको थियो । क्यानले सन्दीपले अनुशासन तोड्दै बन्द प्रशिक्षणको समयमा होटेल छाडेको कारण कारबाही गरेको हुँदा निलम्बन फुकुवा गरेको जनाएको थियो । गत बिहीबार क्यानले सन्दीपलाई प्रशिक्षणमा राखेको थियो । शुक्रबार(माघ२०) देखि प्रशिक्षण सुरु गरेका थिए ।
नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।
वैकल्पिक खेलाडी :
आरिफ शेख, प्रतिश जि.सी. मौसम ढकाल र अर्जुन साउद ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]