3 years ago
February 9, 2023
नेपालगन्ज (हाम्रो खेलकुद)– दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले धारा नेपालगन्ज म्याराथनले बर्षभरि विभिन्न गतिविधि गर्ने कार्यअन्तर्गत नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा सहभागी टिमसँग सहकार्य गरेको छ ।

मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, धारा नेपालगन्ज म्याराथनका सिओओ सौगातविक्रम शाह, हेल्दी क्याफे हस्पिटलका एमडी कमिल हलवाई र टिम कप्तान यस हमालले जर्सी सार्वजनिक गरे । अब टिमले धारा मंगोलियन स्पोर्ट्स क्लबका नामबाट मेयर कप खेल्नेछ ।
‘दौड हरेक खेलका लागि अनिवार्य शर्त हुनेगर्छ । दौडमा राम्रो हुनेले सबै खेलमा राम्रो गर्नसक्छ ।’ सिओओ सौगातविक्रम शाहले भने –‘तसर्थ हरेक खेललाई दौडसँग जोड्दैछौं ।’ आठौं धारा नेपालगन्ज म्याराथन गत मंसिर २४ गते सम्पन्न भएको थियो । नेपालगन्ज म्याराथन नेपालबाट विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को पहिलो सदस्य हो ।
नेपालमा पहिलोपटक धावकहरुलले इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरेर दौडिएका थिए । राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो साता नेपालगन्ज म्याराथन हुनेगर्दछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]