3 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो ओडिआई क्रिकेट करिअरकै सर्वाधिक बढी रन खर्चिएका छन्। बलात्कार आरोप लागेपछि पाँच महिनापछि मैदान फर्किदै आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सन्दीपले एक खेलमा आफ्नो करिअरको सर्वाधिक रन खर्चिन पुगेका छन् ।

सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सन्दीपको यो ओडिआईमा खर्चिएको सर्वाधिक रन हो । ११ औं ओभरमा चोभार एण्डबाट टियु क्रिकेट मैदानमा आएका सन्दीपले दोस्रो बलमै विकेट लिएका थिए । सन्दीपले कार्ल ब्रिस्केनस्टकलाई १३ रनमा बोल्ड आउट गरेका थिए ।
सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभर ४९ औं ओभरमा सकाए । सन्दीपले ४९ औं ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए । यसअघि सन्दीपले ओडिआईमा २०२० फेब्रुअरीमा टियु क्रिकेट मैदानमा ओमानविरुद्ध विकेट विहीन बन्दै ६५ रन खर्चेका थिए ।
यसअघि सन्दीपले खर्चेको सर्वाधिक ओडिआईमा सर्वाधिक रन थियो । २०२२ मार्चमा सन्दीपले पपुवा न्युगिनीविरुद्ध १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिएका थिए । २०१९ मा युएईविरुद्ध सन्दीपले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेले ।

यसअघि नेपालविरुद्ध नै डिसेम्बरमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । जुन नेपालविरुद्ध विपक्षी कुनैपनि ब्याटरले ओडिआईमा हानेको उच्च योगफल थियो ।
उनी नामिबियाबाट ओडिआईमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी हुन् । करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]