default_image

3 years ago

February 15, 2023

स्कटल्यान्डले टस जित्यो

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिंगटनले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

स्कटल्यान्डको यो नेपालमा पहिलो खेल हो । स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो । स्कटल्यान्ड नामिबियालाई हराउँदै औपचारिक रुपमा आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बन्न चाहन्छ । उता पहिलो खेलमा दुई विकेटले पराजित भएको नामिबिया स्कटल्यान्डलाई स्तब्ध पार्ने सोचमा हुनेछ । नामिबियालाई नेपाली मैदानको बारे थाहा छ । त्यसको फाइदा उठाउन सक्छ । यता नेपाल भने नामिबियाको हार चाहन्छ । नामिबियाको हारले नेपाललाई प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ ।

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ । आज विजयी हुँदा बाँकी सबै खेलमा पराजित भएपनि अन्य कुनैपनि टोली ४८ अंकमा पुग्न सक्दैनन् । त्यसैले आधिकारीक रुपमा च्याम्पियन बन्नेछ । नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल २५ खेलमा ९ मा जित र १४ खेलमा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । नेपालले सबै खेल जित्दा अझैपनि शीर्ष तीनको सम्भावना रहन्छ । त्यसको लागि नामिबियाले हार्दा झनै सहज हुनेछ । नामिबियाका शीर्षक्रमका ब्याटर माइकल भान लिंगेन राम्रो लयमा छन् ।

उनले लगातार दुई शतक हान्नेक्रममा नेपालविरुद्ध मंगलबार १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए । त्यसअघि डिसेम्बरमा १ सय २१ रन जोडेका थिए । एसोसियट क्रिकेटर अफ दी इयर बनेका कप्तान जेरार्ड इरास्मस प्रमुख ब्याटर हुन् । उनी नेपालसँग ५६ रनमा आउट भएका थिए । रुबेन ट्रम्पलम्यान प्रमुख बलर हुन् ।

यता स्कटल्यान्डको ब्याटिङ लाइनअप उत्कृष्ट छ । कप्तान रिची बेंरिङ्टन, काइल कोट्जर, म्याथ्यु क्रस र जर्ज मुन्शे जस्ता चर्चित ब्याटर छन् । शीर्ष र मध्यक्रम नचल्दा पनि तल्लोक्रम ब्याटिङ राम्रो छ । ब्रेन्डन म्याकुलेन र माइकल लिस्क राम्रो अलराउन्डर हुन् । तीव्र गतिका बलर शफ्यान शरिफ र क्रिस सोले छन् । स्पिनर हाम्जा ताहिर र मार्क वाट् बलरको रुपमा छन् । यी दुई स्पिनर खेल्न सहज भने हुनेछैन ।

स्कटल्यान्डको प्लेइङ ११ :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, शफ्यान शरिफ, हम्जा ताहिर, मार्क वाट् ।

नामिबियाको प्लेइङ ११ :

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, निकोल लोफ्टी इआटोन र रुबेन ट्रम्पलम्यान ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.