3 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियामाथि उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १३ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ । नामिबियाका जेन ग्रीन २ र लो ह्यान्डरे लरेन्स २३ रनमा क्रिजमा छन् ।

स्पिनर मार्क वाट्ले ओपनर कार्ल ब्रिकेनस्टकलाई छैटौं ओभरको दोस्रो बलमा ४ रनमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच गराए । तीव्र गतिका बलर शफ्यान शरिफले ११ औं ओभरको पाँचौं बलमा माइकल भान लिंगेनलाई ४ रनमा बोल्ड गरे । लिंगेनले नेपालविरुद्ध १ सय ३३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
लगत्तै अर्को बलमा कप्तान जेरार्ड इरास्मस गोल्ड्न डक एलबीडब्लू आउट भए । १३ औं ओभरको पहिलो बलमा ह्याट्रिक बलमा शरिफले नो बल फ्याँदै चौका खर्चिएका थिए । लगत्तै अर्को बलमा बोल्ड गरेपनि त्यो नो बल हुँदा फ्रिट थियो । मार्क वाट्ले जेन निकोललाई शून्यमा बोल्ड गरेपछि नामिबिया ११.४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो ।
स्कटल्यान्डको प्लेइङ ११ :
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, शफ्यान शरिफ, हम्जा ताहिर, मार्क वाट् ।
नामिबियाको प्लेइङ ११ :
जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, निकोल लोफ्टी इआटोन र रुबेन ट्रम्पलम्यान ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]