default_image

3 years ago

February 16, 2023

अलीको ऐतिहासिक शतकमा पाकिस्तानको सानदार जित

303 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर मुनीवा अलीको सानदार ऐतिहासिक शतकमा पाकिस्तानले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा आयरल्यान्डमाथि ७० रनको सानदार जित हात पारेको छ । जारी विश्वकपमा पाकिस्तानको यो पहिलो जित समेत हो।

केप टाउनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । पाकिस्तानकी मुनीवा अलीले ६८ बलमा १४ चौकासहित १ सय २ रनको सानदार शतकीय इनिङ खेलिन् । उनी पाकिस्तानबाट महिला टि२० आईमा शतक बनाउने उनी पहिलो खेलाडी हुन् ।

उनी टि२० विश्वकप इतिहासमा शतक हान्ने छैटौं खेलाडी हुन् । जारी विश्वकपमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । निडा डरले २८ बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाइन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । आयरल्यान्डकी अर्लेन केलीले सर्वाधिक दुई विकेट लिइन् ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १६.३ ओभरमा ९५ रनमा अल आउट भयो । आयरल्यान्डकी ओर्ला प्रेंडरग्रास्टले सर्वाधिक ३१ रन बनाइन् । पाकिस्तानकी नर्षा सन्धुले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । सदिया इकबाल र निदा डरले दुई दुई विकेट लिए ।

समूह बी मा रहेको पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । आयरल्यान्ड दुई खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

त्यस्तै समूह बी कै अर्को खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्यो । केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १८ रन बनायो । वेस्टइन्डिजकी स्टेफनी टेलरले ४० बलमा ६ चौकासहित सर्वाधिक ४० रन बनाइन् । भारतकी दिप्ती शर्माले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् ।

जितको लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा रिचा घोषले ३२ बलमा ५ चौकासहित सर्वाधिक ४४ रनमा अविजित रहिन् । कप्तान हरमनप्रीत कौर ३३, सफाली बर्मा २८ र स्मृति मन्धनाले १० रन बनाइन् ।

भारत २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा ४ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । समूह ए मा भने अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाको पनि २ खेलमा ४ अंकका भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.