default_image

3 years ago

February 16, 2023

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार स्कटल्यान्डविरुद्ध टोलीमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपाल र स्कटल्यान्डबीचको खेल विहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ ।

नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई हराउँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेटले हराउनेक्रममा २ सय ८६ रनको लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन नेपालले ओडिआईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडिनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ ।

पछिल्लो खेल हेर्दा नेपालको टोलीमा एक मात्रै खेलाडी परिवर्तन गर्ने सम्भावना देखिन्छ । नेपाली टोलीमा तेस्रो तीव्र गतिको बलरको विकल्प छैन । गुलशन झालाई नेपालले स्कटल्यान्डविरुद्ध मैदान उतार्न सक्छ । त्यसको लागि एक खेलाडी बेन्चम राख्नु पर्ने हुन्छ । यदि खेलाडी परिवर्तन गर्दा कुशल मल्ल र ललितनारायण राजवंशी मध्य एकलाई बेन्चमा राख्न सक्छ।

नेपालले त्यहिँ टोलीलाई निरन्तरता दिनपनि सक्छ । खेलाडीलाई थप विश्वास दिन त्यहिँ टोली मैदान उतार्न सक्छ । खेलाडी परिवर्तन गर्दा ललित बेन्चमा बस्ने सम्भावना रहन्छ । कुशलले नामिबियाविरुद्ध ७ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । उनले नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई ५६ रनमा क्याच आउट गराएका थिए । अर्का बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले ६ ओभरमा ४० रन खर्चिएका थिए । कुशल ब्याटिङमा भने ६ रनमा आउट भएका थिए ।

कुशल पहिलो रोजाईमा नै खेल्ने सम्भावना छ । स्कटल्यान्डसँग दुई प्रमुख बायाँ हाते स्पिनर मार्क वाट र हम्जा ताहिर छन् । कुशललाई टोलीमा राख्दा नेपाल रणनीतिक रुपमा फाइदा पुग्नेछ । यदि शीर्षक्रम सस्तैमा आउट हुँदा कुशललाई मध्यक्रममा ब्याटिङ गराउन सक्छ ।

बायाँ हाते स्पिनर खेल्न बायाँ हाते ब्याटरलाई धेरै सहज हुन्छ । कुशल विकेट गुमेको अवस्थामा वा स्कटल्यान्डका स्पिनरमाथि हाबी बन्दा नेपालको इनिङ सम्हाल्न सक्छन् । कुशल राम्रो ब्याटिङ गर्दछन् । ललित ब्याटिङका लागि भने चिनिदैनन् । उता स्कटल्यान्डसँग प्रमुख दुई बायाँ हाते स्पिनर हुँदा कुशल खेल्ने देखिन्छ । ललितको स्थानमा गुलशन खेल्नसक्छन् । गुलशनले ब्याटिङ बलियो हुनेछ । गुलशन बायाँ हातले ब्याटिङ गर्ने गर्दछन् ।

ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन् । कुशलले नामिबियाविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेल्दा आसिफ शून्यमा आउट भएका थिए । आसिफ दोस्रो खेलमा ठूलो इनिङ खेल्ने टोलीले विश्वास राखेको छ । कुशलबाट पहिलो इनिङको प्रदर्शन निरन्तरता चाहन्छ । ज्ञानेन्द्र मल्लले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्नु पर्ने हुन्छ ।

ज्ञानेन्द्र २५ रनमा आउट भएका थिए । ७२ रनको इनिङ खेलेका रोहित नेपालका मध्यक्रमका खम्बा हुन् । उनको प्रदर्शनले योगफल निर्धारण गर्नेछ । दीपेन्द्र ७ रनमा आउट भएका थिए । दीपेन्द्रलाई ठूलो इनिङको दबाब छ । उनको ओडिआईमा औसत रन १६.८० छ । दीपेन्द्र टिमले देखाएको विश्वास दोस्रो खेलमा निराश बनाउन चाहदैनन् । सन्दीप जोराले टोलीमा फिनिसरको जिम्मा पाउनेछन् । जोराले नामिबियाविरुद्ध २८ रनको इनिङ खेलेका थिए ।

गुलशनलाई खेलाउँदा नेपालको ब्याटिङ १० औं नम्बरसम्म हुनेछ । तल्लोक्रममा कुशल मल्ल, गुलशन झा, करण केसी र सोमपाल कामी हुनेछन् । यी चार नै खेलाडी राम्रो ब्याटिङको क्षमता राख्छन् । करण केसीले एक ओभरमै खेललाई मोड्न सक्छन् । करण विष्फोटक ब्याटिङको खुबी भएको ब्याटर हुुन् ।

नेपालसँग तीव्र गतिका बलरमा गुलशन, करण र सोमपाल कामी हुनेछन् । करणले नामिबियाविरुद्ध पाँच विकेट लिएका थिए । स्पिनरमा सन्दीप लामिछाने प्रमुख बलरको रुपमा खेल्नेछन् । सन्दीपलाई कुशल र दीपेन्द्रले स्पिन आक्रामणमा साथ दिनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.