3 years ago
February 16, 2023
एजेन्सी – विकेटकिपर एलिसा हेलीको कीर्तिमानी ब्याटिङमा अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी महिला टि२० विश्वकपमा श्रीलंकालाई १० विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा पुग्न एक कदम टाढा छ ।

जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एलिसा हेली ४३ बलमा ६ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहिन् ।
हेली महिला टि२० विश्वकपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । उनले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको ६-६ अर्धशतकको कीर्तिमानलाई पछि पारेकी हुन् । बेथ मुनी ५३ बलमा ७ चौकासहित ५६ रनमा अविजित रहिन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । श्रीलंकाकी ओपनर हर्षिता माधवीले ४० बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाइन् । अष्ट्रेलियाकी मेगन स्कटले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिइन् ।
समूह ए मा अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । अष्ट्रेलिया उक्त खेलमा विजयी हुँदा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ।
पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने समिकरण देखिन्छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]