3 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ ।

दीपेन्द्रसिंह ऐरी ७० बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । गुलशन झा ४ रनमा अविजित छन् । नेपाललाई जितको लागि १९ ओभरमा ८६ रन बनाएको छ । हातमा चार विकेट रहेको छ । लिग २ मा दीपेन्द्रको यो पहिलो अर्धशतक हो । यअसघ लिग २ मा दीपेन्द्रको उच्च प्रदर्शन गत जुलाईमा नामिबियाविरुद्ध ३८ रन थियो । करिअरको उत्कृष्ट प्रदर्शन भने दीपेन्द्रले गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।
युवा अलराउन्डर कुशल मल्ल ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनमा आउट आउट हुन पुगेका थिए । कुशल मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक नजिक पुगेर आउट भएका थिए ।
कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकुमेलनको बलमा आठौं ओभरको चौथो बलमा कुशल मल्ल कट एण्ड बोल्ड आउट हुनबाट बचेका थिए । कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् । २०२० मा कुशलले यसअघि डेब्यू खेलमा अमेरिकाविरुद्ध टियु क्रिकेट मैदानमै ५० रन बनाएका थिए । कुशलको यो पूनरागमन सिरिज समेत हो ।

कुशलको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उत्कृष्ट प्रदर्शन हो । एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रसँग ऐरीले शतकीय साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट भएका थिए ।
कुशल भुर्तेलले ८ बलमा ४ चौका हानेका थिए । ज्ञानेन्द्र मल्लले चौका हान्दै सुरुवात गरेका थिए । चौथो बलमा ज्ञानेन्द्र एज लागेर क्रसबाटै क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।
कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]