default_image

1 year ago

February 18, 2023

उत्कृष्ट रन आउटसँगै नेपालविरुद्धका नामिबियाका शतकधारी आउट

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट रन आउटको सहयोगमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाका शतकधारी माइकल भान लिंगेन रन आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नामिबियाका कप्तान जेरार्ड इरास्मस […]

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट रन आउटको सहयोगमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाका शतकधारी माइकल भान लिंगेन रन आउट भएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नामिबियाका कप्तान जेरार्ड इरास्मस १५ र जेन निकोल लोफ्टी इआटन ३ रनमा अविजित छन् । २६ औं ओभरको अन्तिम बलमा लिंगेन २२ रनमा रन आउट भए ।

लिंगेनले खेलेको शट सन्दीप जोराले दीपेन्द्रलाई उत्कृष्ट थ्रो दिएका थिए । सन्दीप जोराको उक्त थ्रोसँगै नन स्ट्राइक एण्डमा रन आउट गर्दै शतकधारी लिंगेनलाई पेभेलिएन फर्काएका हुन् । पछिल्ला दुई खेलमा लिंगेनले नेपालविरुद्ध १ सय २१ र १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए ।

नामिबियाका लो ह्यान्डरे लरेन्स ५४ बलमा ८ चौकासहित ४१ रनमा सन्दीपको बलमा बोल्ड आउट भए । ओपनर कार्ल ब्रिकेनस्टक २० रनमा फस्ट स्लिपमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए । सन्दीपले १५ औं ओभरको तेस्रो बलमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई ईतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । स्कटल्यान्डलाई हराउनेक्रममा नेपालले २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो । नेपालले लगातार तेस्रो पटक टस जितेको हो ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र गुलशन झा ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.