default_image

3 years ago

February 20, 2023

ट्रम्पलम्यानको उत्कृष्ट बलिङमा नामिबियालाई स्कटल्यान्डको मध्यम लक्ष्य

230 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई २ सय २२ रनको मध्यम लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४८.४ ओभरमा २ सय २१ रनमा अल आउट भयो । स्कटल्यान्डका क्रिसटोपर म्याकब्राइड ७५ बलमा ७ चौकासहित सर्वाधिक ४७ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ओपनर काइल कोट्जरलाई तेस्रो बलमै शून्यमा क्याच गराएका थिए । उनी एज लागेर विकेटकिपर जेन ग्रिनबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए । डेब्यू खेल खेलेका लियाम नेलर २० रनमा बोल्ड आउट भए । दुई खेलाडी ज्याक जार्विस र क्रिस सोल चोेटका कारण खेल्न नसक्ने भएपछि उनले डेब्यू पाएका थिए ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले लियामलाई बोल्ड आउट गरे । उनले २१ बलमा ४ चाका हाने । तेस्रो विकेटका लागि रिची र क्रिसटोफरले ४३ रनको साझेदारी गरेका थिए । म्याकब्राइड स्पिनर पिक्की या फ्रान्सको बलमा क्याच आउट भएका थिए ।
ट्रम्पलम्यानले नै विकेटकिपर म्याथ्यु क्रसलाई १६ रनमा बोल्ड गरे ।

३३ औं ओभरको पहिलो बलमा स्पिनर बेनार्ड स्कोट्जले कप्तान रिची बेंरिग्टनलाई ३२ रनमा एलबीडब्लू आउट धरापमा पारे । ५५ बल खेलेका रिचीले एक छक्का र एक चौका हाने ।

मध्यक्रमका ब्याटर टम म्याकिन्टस ४८ बलमा ४ चौकासहित ३४ रनमा आउट भए । ब्रेन्डन म्याकमुलेन ४ रनमा लुंगामेनीको बलमा कट एण्ड बोल्ड आउट भए ।

नेपालविरुद्ध सानदार शतक हानेका माइकल लिस्कलाई ट्रम्पलम्यानले ४५ औं ओभरको चौथो बलमा २९ रनमा बोल्ड गरेपछि स्कटल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । लिस्कले २६ बलमा १ चौका र २ छक्का हाने ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए । ओडिआईमा दोस्रो पटक पाँच विकेट लिएका ट्रम्पलम्यानको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । अर्का तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए।

स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नामिबिया नेपालसँग भने दुई र तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले अन्तिम खेल नेपालसँग मंगलबार खेल्नेछ । स्कटल्यान्ड तीन खेल अगावै विश्वकप लिग–२ को च्याम्पियन बनेको थियो । आजको खेल स्कटल्यान्डले जित्दा नेपाललाई फाइदा पुग्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.