default_image

3 years ago

February 20, 2023

नेपालले सबै खेल जिते सोझै विश्वकप छनोट खेल्ने

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत बाँकी सबै ९ खेल जित्न सके शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न पाउने भएको छ । नामिबिया अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएसँगै नेपाललाई सोझै विश्वकप छनोट खेल्ने अवसर खुलेको हो ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नेपाल सबै खेल जित्दा ४२ अंकमा पुग्छ । ४२ अंक नेपाल शीर्ष तीनमा पर्न पर्याप्त हुनेछ । आइसिसी विश्वकप लिग-२ को शीर्ष तीन टोली आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।

स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनि सकेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान र स्कटल्यान्ड जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने पक्का भएको छ।

अव तेस्रोे टोलीमा नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । नेपालले सबै खेल जित्दा ४२ अंक हुन्छ । नामिबियाले बाँकी दुई खेल जित्दा ४१ अंकमा मात्रै पुग्नसक्छ । युएई यदि नेपालसँग सबै खेलमा पराजित हुने हो भने र बाँकी सबै खेल जित्दा ३९ अंकमा मात्रै पुग्न सक्छ । त्यसैले यदि नेपालले बाँकी सबै खेल जित्ने हो भने शीर्ष तीनमा पर्ने पक्का हुनेछ।

शीर्ष तीनमा पर्न नसके भने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । जसमा लिग २ मा पुछारका चार टोली, क्यानडा र जर्सीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने पाउनेछन् । प्लेअफ क्वालिफायर नै विश्वकप छनोट खेल्न पाउने अन्तिम अवसर हो ।

नेपालले अव मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि युएईमा गएर युएई र पपुवा न्युगिनीसँग अर्को साता दुई दुई खेल खेल्नेछ । त्यो सिरिज सकिए लगत्तै नेपालले घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । नेपालले समग्रमा घरेलु मैदानमा पाँच र युएईमा चार खेल खेल्नेछ । उक्त सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने भएपनि त्यहाँ खेल्न संरचना राम्रो नभएपछि युएईमा सारिएको हो ।

उता युएईले नेपाल र पपुवा न्युगिनीसँग समान चार खेल खेल्नेछ । नामिबियासँग दुई खेल खेल्न बाँकी छ । युएईले खेल्न १० मध्य ६ खेल घरेलु मैदान र ४ खेल नेपालमा छन् । यदि युएई सबै खेलमा विजयी हुँदा नेपाल शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता कायमै राख्ने सम्भावना समाप्त हुनेछ । युएईले बाँकी सबै १० खेल जित्दा ४७ अंकमा पुग्नेछ । नेपालसँग चार खेलमा हार्दा र बाँकी ६ खेल जित्दा ३९ अंकमा पुग्नेछ ।

जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा लिग–२ का शीर्ष तीन टोली, प्लेअफ क्वालिफायरबा दुई टोली र सुपर लिगका पुछारका पाँच टोली गरि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

एकदिवसीय विश्वकप छनोटका शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी ९ मध्य ६ खेल जित्नुपर्ने हुन्छ ।

के हो सुपर लिग ?

छनोटको सबैभन्दा माथिल्लो श्रेणीको रुपमा रहेको विश्वकप सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक भारतसँगै इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तान र पाकिस्तानले अंक तालिकामा बलियो प्रस्तुतिका साथ विश्वकपमा सोझै स्थान बनाएका छन् ।

अव ६ मध्य एक टोलीले मात्रै सोझै भारतमा हुने विश्वकप खेल्न पाउनेछ । बाँकी पाँच टोलीले विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । सोझै विश्वकप खेल्नेमा दक्षिण अफ्रिकाको उच्च सम्भावना छ ।

श्रीलंका, वेस्टइन्डिज जस्ता ठूला देशले यो पटक विश्वकप छनोट खेल्नुपर्ने सम्भावना उच्च देखिन्छ । आइसिसी सुपर लिगमा हरेक टोलीले कुल २४ खेल खेल्नुपर्ने छ । जसबाट आयोजक भारतसँगै शीर्ष ८ टोली सोझै विश्वकपमा पुग्नेछन् । ७ टोली सोझै विश्वकपमा पुगेका छन् ।

पुछारका पाँच टोलीले ग्लोबल विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित ७८ अंकका साथ नवौं स्थानमा छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग दुई खेल खेल्न बाँकी छ ।

श्रीलंका २१ खेलमा ७ मा जित र १२ मा हारसहित ७७ अंकका साथ १० औं स्थानमा छ । श्रीलंकाले न्युजिल्यान्डसँग तीन खेल खेल्नेछ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारका साथ ६८ अंकका साथ ११ औं स्थानमा छ । जिम्बावे २१ खेलमा ४ मा जित र १६ मा हारसहित ४५ अंकका साथ १२ औं स्थानमा छ । नेदरल्यान्ड्स १९ खेलमा २ मा जित र १६ मा हारकासाथ २५ अंक जोड्दै १३ औं स्थानमा छ ।

जिम्बावे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्ने पक्का भएको छ । वेस्टइन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड मध्य तीन टोलीले ग्लोबल छनोट खेल्नेछन् । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्न बाँकी हुँदा पुछारमा रहँदै ग्लोबल छनोट खेल्ने पाँच टोलीमा वेस्टइन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स देखिन्छन् । सुपर लिगमा एक जितको १० अंक मिल्ने गर्दछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.