default_image

1 year ago

February 23, 2023

प्रतिश र मौसम पहिलो पटक नेपाली टोलीमा

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर प्रतिश जि.सी र लेग स्पिनर मौसम ढकाल (श्याम) पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले युएई भ्रमण गर्ने १५ सदस्य टोली घोषणा गर्दा दुई युवा खेलाडीले पहिलो पटक मौका पाएका छन् ।

बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने विदेश जान नपाउने भएका छन् । त्यसैले उनी टोलीमा छैनन् । सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक गर्नुको साथै राहदानीमा रोक्का गरेको थियो ।

प्रतिश तीव्र गतिको बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू१६ र यू१९ दुबै टोलीबाट खेलेका छन् । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिशले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यता मौसम ढकालले भने नेपाल एपिएफ क्लबबाट प्रधानमन्त्री कप खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप टोलीमा नभएपछि मौसमले टोलीमा मौका पाएका छन् । यी दुबै खेलाडी स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको वैकल्पिक सूचिमा थिए ।

त्यस्तै टोलीमा आरिफ शेख पनि फर्किएका छन् । आरिफ स्कटल्यान्ड र युएईसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा टोलीमा थिएनन् । उनी त्यो समय फिट थिएनन् । स्पिनर सूर्य तामाङ टोलीबाट बाहिरिएका छन् ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । बाँकी चार टोली मध्य दुईले ओडिआई मान्यता प्राप्त गर्नेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न सके ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । ६ टोली प्लेअफमा अन्तिम ४ मा पर्न सके ओडिआई मान्यता प्राप्त गर्नेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

May 12, 2024

एपिएफको विजयी सुरुवात 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा वर्षाका कारण ढिलो सुरु भएर ५ ओभरमा घटाइएको खेलमा एपिएफले कोशी प्रदेश विरुद्ध २४ रनको जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले इन्दु वर्माको […]

Success

Thank you for your time.