default_image

1 year ago

February 23, 2023

नेपाली क्रिकेट टोलीमा दुई खेलाडी बाहिरिए, तीन भित्रिए

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएई भ्रमणको लागि १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपाली टोलीबाट दुई खेलाडी बाहिरिदा तीन खेलाडी भित्रिएका छन् ।

आइसिसी विश्वकप लिग -२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग घरेलु मैदान टियुमा रहेका दुई स्पिनर सन्दीप लामिछाने र सूर्य तामाङ टोलीबाट बाहिरिएका छन् ।

नेपाललाई लगातार चार खेलमा चार जित दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका सन्दीप बलात्कार आरोपको कारण विदेश जान रोक लगाएको छ । उच्च अदालत पाटनले सन्दीपलाई गत पुषमा धरौटीमा छाड्दा विदेश जान रोक लगाएको थियो । त्यसैको कारण सन्दीप टोलीमा छैनन् ।

सूर्य नेपालको टोलीमा रहेपनि कुनैपनि खेल खेल्ने मौका पाएका थिएनन् । सूर्य बायाँ हाते स्पिनर थिए । लेगस्पिनर मौसम (श्याम) ढकालले पहिलो पटक मौका पाएका छन् । मौसम टोलीको वैकल्पिक सूचिमा थिए । नेपाली टोलीसँगै रहँदै आएका थिए ।

आरिफ शेख टोलीमा फर्किएका छन् । नेपाली क्रिकेटका भरपर्दा ब्याटर आरिफ नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिजमा ज्वरोको कारण टोलीमा थिएनन् । नेपालले एक खेलाडी यस पटक बढी थपेको छ । एक खेलाडी बढी थप्दा दुई बाहिरिदा तीन भित्रिएका हुन् । प्रतिश जि.सी पनि पहिलो पटक टोलीमा परेका छन् ।

घरेलु मैदानमा भएको सिरिजबाट सन्दीप र सूर्य बाहिरिदा प्रतिश, मौसम र आरिफ भित्रिएका छन् । प्रतिश पनि पहिलो पटक नेपाली टोलीमा परेका हुन् । प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

प्रतिशले नेपालको यू-१६ र यू१९ दुबै टोलीबाट खेलेका छन् । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिशले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । यता मौसम ढकालले भने नेपाल एपिएफ क्लबबाट प्रधानमन्त्री कप खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । ६ टोली प्लेअफमा अन्तिम ४ मा पर्न सके ओडिआई मान्यता प्राप्त गर्नेछ ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

Success

Thank you for your time.