default_image

1 year ago

February 23, 2023

क्रिकेट खेलाडीलाई जनही दुई लाख दिने प्रधानमन्त्रीको घोषणा

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध शतप्रतिशत जित हात पार्ने नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही दुई लाख दिने घोषणा गरेका छन् । प्रचण्डले (बिहीबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीलाई बधाई दिँदै उक्त रकमको घोषणा गरेका हुन् ।

‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो’, प्रचण्डले बधाई दिँदै खेलाडीलाई भनेका थिए ।

‘तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु’, प्रचण्डले भने ।

प्रचण्डले सरकारमा हुँदा वा नहुँदा सधैं खेलाडीहरुको साथमा हुने बताए । ‘म सधै तपाईहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु रर छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ’, उनले भने ।

नेपालले घरेलु मैदान टियुमा पहिलो पटक आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा चारै खेलमा जित हात पारेको थियो । नेपालले एकै सिरिजमा पहिलो पटक लगातार चार जित हात पारेको थियो ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेट, नामिबियालाई तीन विकेट र स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । नेपालले लगातार चार खेल जितेपछि लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त गर्न अब बाँकी ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा पर्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपाली क्रिकेट टोली अव शनिबार युएई जानेछ ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग-२ को अन्तिम खेल समेत हुनेछ ।

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

Success

Thank you for your time.