default_image

1 year ago

February 23, 2023

फाइनलमा पुग्न भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

105 views

0 Bookmark

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा भारतलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ।

केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । अष्ट्रेलियाकी ओपनर बेथ मुनीले ३७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाइन् । कप्तान मेघ लानिङ ३४ बलमा ४ चौका र २ छक्कासहित ४९ रनमा अविजित रहिन् ।

अन्तिम ओभरमा कप्तान मेघ लानिङले दुई छक्का र एक चौकासहित कुल १८ रन जोडेपछि अष्ट्रेलियाले बलियो योगफल तयार पारेको हो । रेणुका सिंहलाई लानिङले पहिलो बल छक्का, दोस्रो बल चौका र अन्तिम बल छक्का हानेकी थिइन् ।

पहिलो विकेटका लागि बेथ मुनी र एलिसा हेलीले ७.३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हेली २६ बलमा ३ चौकासहित २५ रनमा स्टम्पिङ आउट भइन् । तेस्रो विकेटका लागि कप्तान मेघ लर्निङ र एलिसा गार्डनरले ५३ रनको साझेदारी गरेका थिए ।

एलिसा गार्डनर १८ बलमा ५ चौकासहित ३० रनमा आउट भइन् । भारतकी शिखा पाण्डेले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिइन् । दिप्ती शर्मा र राधा यादवले एक एक विकेट लिइन् । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

Success

Thank you for your time.