3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज पहिलो खेलमा सिंगापुरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ मा युएईको इर्डेन गार्डेन्स आजमानमा सुरुहुनेछ।

उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल पनि २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ ।
नेपालको कप्तानी देव खनालले गर्नेछन् । देव नेपालका सर्वाधिक अनुभवी खेलाडी हुन् । सम्भव त देवले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । नेपालबाट १० ओडिआई खेल खेलि सकेका देवबाट नेपाल ठूलो इनिङ चाहन्छ । दीपक बोहरा र अर्जुन कुमालले ओपनिङ गर्नेछन् ।
नेपालको यू१९ बाट खेलि सकेका अर्जुन र यू१६ खेलेका दीपक घरेलु प्रतियोगितामा राम्रो अनुभव बोकेका खेलाडी हुन् । अर्जुन क्रिजमा समय बिताउन चाहन्छन् । अर्जुनको भूमिका एक एण्डबाट विकेट नगुमाई ठूलो इनिङ खेल्नुपर्ने हुनेछ ।

दीपक आक्रामक सुरुवात गर्नेछन् । मध्यक्रममा नेपालले उत्तमथापामगर, मिलन बोहरा र विशाल विक्रम केसीलाई मैदान उतार्ने सम्भावना छ । स्पिन अलराउन्डरमा दीपेश कँडेलको सम्भावना छ । बायाँ हाते स्पिनर दीपेश तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । नेपालले तीन तीव्र गतिका बलर हेमन्त धामी, आकाश चन्द र दुर्गेश गुप्तालाई मैदान उतार्ने सम्भावना छ । स्पिनरमा सुवास भण्डारी हुनेछन् । गण्डकी प्रदेशका सुवास घरेलु क्रिकेटमा राम्रो अनुभव बोकेका खेलाडी हुन् ।
सिंगापुरको सिनियर टोलीबाट खेलि सकेका चार खेलाडी नेपालविरुद्ध खेलमा मैदान उत्रनेछन् । १७ वर्षीय विकेटकिपर अर्यान मोदीले सिंगापुरबाट ७ टि२० आईमा ४८ रन बनाएका छन् । तीव्र गतिका बलर आदित्य भार्गवले दुई टि२० आई, स्पिनर जीवन सन्थानमले एक टि२० आई, सिद्धान्त श्रीकान्तले एक टि२० आई र चार लिष्ट ए खेल खेलेका छन् ।
भारतीय मुलका खेलाडीको बाहुल्यता रहेको सिंगापुरबाट नेपाल भने सहज हुनुपर्छ । अधिकाम्स खेलाडीलसँग यू-१९ खेलेको अनुभव छ ।
नेपाली यू–१९ टोली :
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
सिंगापुरको टोली :
आदित्य भार्गव, महियु भाटिया, अर्विन चौधरी, अभ्युदय छाजेर, राहिल खान, प्रनाव महेश्वरी, अर्यान मोदी, अर्जुन नागपल, प्रनभ रामन्था सिल्भा, जीवन सन्थानम, प्रथम सोनामी, सिद्धान्त श्रीकान्त, वेंकेटश थियानेश र कबिर जद्रानी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]