default_image

3 years ago

February 24, 2023

विशाल र आकाशको उत्कृष्ट ब्याटिङमा सिंगापुरलाई बलियो लक्ष्य

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर आकाश त्रिपाठी र अलराउन्डर विशाल विक्रम केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । विशालले ४५ बलमा अर्धशतक पूरा गरेका थिए । २०१९ पछि यू१९ टोलीमा फर्किएका विशालले मध्यक्रममा भरपर्दो ब्याटिङ गर्दै बलियो योगफलको आधार तय गरे । विशालले २०१९ मा भारत भ्रमणमा रितको कप्तानीमा नेपाली यू१९ टोलीबाट खेलेका थिए ।

त्यो यू१९ मा यसअघि विशालको अन्तिम भ्रमण थियो । विशालले २०१९ मा मलेसियामा भएको एसिसी यू१९ इस्टर्न रिजनमा रोहित पौडेलको कप्तानीमा सिंगापुरविरुद्ध नेपालको यू१९ टोलीमा डेब्यू गरेका थिए ।

विशालले २०७६ मा एसिसी इस्टर्न यू१६ रिजनको कप्तानी गर्दै नेपाललाई उपाधि दिलाएका थिए । गतवर्ष राम्रो प्रदर्शन गरेपनि यू१९ एसिया कप टोलीमा परेका थिएनन् ।

शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाउदै आउट भएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने यी दुई खेलाडीले नेपालको लागि अर्धशतक प्रहार गरे । आकाशको यो नेपालको कुनैपनि उमेर समूहमा डेब्यू खेल हो ।

दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट भए । कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट भए । देव अभ्युदय छाजेरको बलमा एलबीडब्लू आउट भए ।

आकाश त्रिपाठी

डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रनमा बोल्ड हुन पुगे । ओपनर दीपक बोहरा ५ रनमा आउट हुन पुगेका थिए ।

विकेटकिपर दीपक डुम्रे १० र मिलन बोहरा ४ रनमा आउट भए । सुवास भण्डारी ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहे । नेपाली यू–१९ टोलीमा ७ खेलाडीले डेब्यू गरेका छन् । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू–१९ टोलीबाट खेलेका हुन् ।

ओपनर दीपक अलराउन्डर हुन् । घरेलु सिनियर प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् । दीपक बोहरा फिनिसर हुन् । उनले सुदूरबाट घरेलु क्रिकेट खेल्छन् । यू१९ भने दुबैले सुदूरबाट खेलेका थिए ।

सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभ्युदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए

नेपालले पहिलो खेलमा आकाश चन्द, दीपेश कँडेल र उत्तम थापामगरलाई बेन्चमा राखेको छ । नेपाली यू–१९ टोलीमा ७ खेलाडीले डेब्यू गरेका छन् । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू–१९ टोलीबाट खेलेका छन् ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.