3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर आकाश त्रिपाठी र अलराउन्डर विशाल विक्रम केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । विशालले ४५ बलमा अर्धशतक पूरा गरेका थिए । २०१९ पछि यू१९ टोलीमा फर्किएका विशालले मध्यक्रममा भरपर्दो ब्याटिङ गर्दै बलियो योगफलको आधार तय गरे । विशालले २०१९ मा भारत भ्रमणमा रितको कप्तानीमा नेपाली यू१९ टोलीबाट खेलेका थिए ।
त्यो यू१९ मा यसअघि विशालको अन्तिम भ्रमण थियो । विशालले २०१९ मा मलेसियामा भएको एसिसी यू१९ इस्टर्न रिजनमा रोहित पौडेलको कप्तानीमा सिंगापुरविरुद्ध नेपालको यू१९ टोलीमा डेब्यू गरेका थिए ।
विशालले २०७६ मा एसिसी इस्टर्न यू१६ रिजनको कप्तानी गर्दै नेपाललाई उपाधि दिलाएका थिए । गतवर्ष राम्रो प्रदर्शन गरेपनि यू१९ एसिया कप टोलीमा परेका थिएनन् ।
शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाउदै आउट भएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने यी दुई खेलाडीले नेपालको लागि अर्धशतक प्रहार गरे । आकाशको यो नेपालको कुनैपनि उमेर समूहमा डेब्यू खेल हो ।
दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट भए । कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट भए । देव अभ्युदय छाजेरको बलमा एलबीडब्लू आउट भए ।

डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रनमा बोल्ड हुन पुगे । ओपनर दीपक बोहरा ५ रनमा आउट हुन पुगेका थिए ।
विकेटकिपर दीपक डुम्रे १० र मिलन बोहरा ४ रनमा आउट भए । सुवास भण्डारी ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहे । नेपाली यू–१९ टोलीमा ७ खेलाडीले डेब्यू गरेका छन् । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू–१९ टोलीबाट खेलेका हुन् ।
ओपनर दीपक अलराउन्डर हुन् । घरेलु सिनियर प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् । दीपक बोहरा फिनिसर हुन् । उनले सुदूरबाट घरेलु क्रिकेट खेल्छन् । यू१९ भने दुबैले सुदूरबाट खेलेका थिए ।
सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभ्युदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए
नेपालले पहिलो खेलमा आकाश चन्द, दीपेश कँडेल र उत्तम थापामगरलाई बेन्चमा राखेको छ । नेपाली यू–१९ टोलीमा ७ खेलाडीले डेब्यू गरेका छन् । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू–१९ टोलीबाट खेलेका छन् ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]