3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कसिलो बलिङ प्रदर्शनसँगै नेपाल आइसिसी यू(१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि विशाल जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३४ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको छ ।

सिंगापुरका आर्यान मोदी ५६ बलमा १ चौकासहित २६ रनमा अविजित छन् । सिद्धान्त श्रीकान्त ५४ बलमा १ चौकासहित २७ रनमा अविजित छन् । चौथो विकेटका लागि आर्यन र सिद्धान्तले ५२ रनको साझेदारी गरि सकेका छन् । तर सिंगापुरलाई जितको लागि ९६ बलमा १ सय ७० रनको आवश्यक पर्दछ । प्रति ओभर १०.६२ रन बनाउनु पर्ने हुन्छ । त्यसैले नेपाल फराकिलो जिततर्फ अघि बढेको छ ।
अभुदय छाजेर ४१ बलमा २ चौकासहित १४ रनमा रिटआर्ट हर्ट भएका थि । त्यो समय सिंगापुर १७ ओभरमा ४१(३ को अवस्थामा थियो । सिंगापुरका ओपनर अर्जुन नागपल ३५ बलमा २ चौकासहित १४ रनमा रन आउट भए । हेमन्त धामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट शून्यमा क्याच गर्दै डेब्यू विकेट लिएका थिए । स्पिनर सुवास भण्डारीले महियु भाटियालाई हेमन्त धामीबाट ३ रनमा क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए । स्पिनर सुवास भण्डारीको यो डेब्यू विकेट हो ।
त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।
नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा आउट भए ।
सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभुदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]