default_image

3 years ago

February 24, 2023

सिंगापुरलाई हराउँदै विश्वकप छनोटमा नेपालको सानदार सुरुवात

555 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको सानदार जित हात पार्दै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।

सिंगापुरका आर्यन मोदीले १ सय बलमा २ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । मोदी रन आउट भएका थिए ।चौथो विकेटका लागि आर्यन र सिद्धान्त श्रीकान्तले ८२ रनको साझेदारी गरेका थिए । सिद्धान्त ८० बलमा १ चौका र १ छक्कासहित ४४ रनमा क्याच आउट भए । स्पिनर सुवास भण्डारीले मिलन बोहराबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । अन्य कुनैपनि सिंगापुरका ब्याटरले नेपाली बलर सामु राम्रो प्रदर्शन गर्न सकेनन् ।

अभुदय छाजेर ४१ बलमा २ चौकासहित १४ रनमा रिटआर्ट हर्ट भए । त्यो समय सिंगापुर १७ ओभरमा ४१-३ को अवस्थामा थियो । सिंगापुरका ओपनर अर्जुन नागपल ३५ बलमा २ चौकासहित १४ रनमा रन आउट भए । हेमन्त धामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट शून्यमा क्याच गर्दै डेब्यू विकेट लिएका थिए ।

स्पिनर सुवास भण्डारीले महियु भाटियालाई हेमन्त धामीबाट ३ रनमा क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए । नेपालका स्पिनर सुवास भण्डारीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ८ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । विशाल विक्रम केसीले ५ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । नेपालको जितमा शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए ।

आकाश त्रिपाठी

आकाशको यो नेपालको कुनैपनि उमेर समूहमा डेब्यू खेल हो । त्यस्तै विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । विशालले ४५ बलमा अर्धशतक पूरा गरेका थिए । २०१९ पछि यू१९ टोलीमा फर्किएका विशालले मध्यक्रममा भरपर्दो ब्याटिङ गर्दै बलियो योगफलको आधार तय गरे । विशालले २०१९ मा भारत भ्रमणमा रितको कप्तानीमा नेपाली यू१९ टोलीबाट खेलेका थिए ।

त्यो यू१९ मा यसअघि विशालको अन्तिम भ्रमण थियो । विशालले २०१९ मा मलेसियामा भएको एसिसी यू१९ इस्टर्न रिजनमा रोहित पौडेलको कप्तानीमा सिंगापुरविरुद्ध नेपालको यू१९ टोलीमा डेब्यू गरेका थिए । विशालले २०७६ मा एसिसी इस्टर्न यू१६ रिजनको कप्तानी गर्दै नेपाललाई उपाधि दिलाएका थिए । गतवर्ष राम्रो प्रदर्शन गरेपनि यू१९ एसिया कप टोलीमा परेका थिएनन् ।

दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट हुन पुगेका थिए । कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट हुन पुगेका थिए । देव अभ्युदय छाजेरको बलमा एलबीडब्लू आउट भए ।

डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रनमा बोल्ड हुन पुगे । ओपनर दीपक बोहरा ५ रनमा आउट हुन पुगेका थिए । विकेटकिपर दीपक डुम्रे १० र मिलन बोहरा ४ रनमा आउट भए । सुवास भण्डारी ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहेका थिए ।

सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभ्युदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपालले शुक्रबार कुवेतसँग खेल्नेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८(मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.