3 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङसँगै नेपाल आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ । मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २९ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको छ।

नेपालका ओपनर अर्जुन कुमाल ८५ बलमा ८ चौकासहित ७२ रनमा अविजित छन् । यो अर्जुनको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो । घरेलु क्रिकेटमा अर्जुनले गण्डकी प्रदेशबाट खेल्दै निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । अर्जुनले गतवर्ष यू१९ एसिया कपमा बंगलादेशविरुद्ध डेब्यू गरेका थिए । अर्जुनले २३ औं ओभरको तेस्रो बलमा हेनरी थोमसलाई चौका हान्दै ६८ बलमा अर्धशतक पूरा गरेका थिए ।
कप्तान देव खनाल ६१ बलमा ३ चौकासहित ४३ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि अर्जुन र देवले १ सय २ रनको शतकीय साझेदारी गरि सकेका छन् । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । दीपकलाई अर्श साहिलले बोल्ड आउट गरेका थिए ।
सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी भने २ रनमा रन आउट हुन पुगेका थिए । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र दीपेश कँडेललाई आज नेपालले मौका दिएको छ । आकाश तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । दीपेश बायाँ हाते स्पिन अलराउन्डर हुन् । नेपालले पहिलो खेलबाट दुर्गेश गुप्ता र मिलन बोहरालाई बेन्चमा राखेको छ ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।
कुवेत पहिलो जितको सोचमा हुनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]