default_image

3 years ago

February 25, 2023

अन्तिम खेलमा युएईमाथि नामिबियाको सहज जित

243 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ । योसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाए ।

त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रनमा अविजित रहे । नामिबियाका बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए ।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ च्याम्पियन बनि सकेको छ । ओमान ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

लिग २ का शीर्ष तीन टोली आगमी जुन जुलाईमा हुने एकदिवसीय विश्वकप छनोट सिधैं छनोट खेल्न पाउनेछन् । शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । स्कटल्यान्ड र ओमान सोझै विश्वकप छनोटमा पुगेका छन् ।

लिग २ का पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी सबै ८ खेल जित्नुपर्ने हुन्छ । नेपाल सबै खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपालसँगको चार खेलमा पराजित हुँदा युएई बाँकी चार जितले ३७ अंकमा रोकिनेछ । नेपाललाई अव जतिधेरै युएईको हार त्यति धेरै फाइदा पुग्ने समिकरण देखिन्छ ।

युएईको यस हारले शीर्ष तीनमा पर्न अव नेपालले ८ मध्य ७ खेल जिते हुनेछ । बाँकी ७ खेलमा विजयी हुँदा नेपाल ४० अंकमा पुग्नेछ । जुन शीर्ष तीनमा पर्न पर्याप्त हुनेछ । नेपाल ८ मध्य ६ खेलमा पराजित हुँदा भने शीर्ष तीनको सम्भावना समाप्त हुने भएको छ ।

नेपालले अव युएईसँग चार मध्य तीन खेल र पपुवा न्युगिनीलाई चारै खेलमा हराउँदा पनि शीर्ष तीनमा पर्नेछ । अव नेपालले पपुवा न्युगिनीसँग चार र युएईसँग चार खेल खेल्नेछ । नेपालले पपुवा न्युुगिनी र युएईसँग समान–२ खेल घरेलु मैदानमा खेल्नेछन् । दुई दुई खेल युएईमा खेल्नेछ । नेपाली टोली आज युएई प्रस्थान गरेको छ । नेपालले पहिलो खेल २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.