default_image

3 years ago

February 27, 2023

१० रनमा अल आउट, दुई बलमै जित

413 views

0 Bookmark

एजेन्सी – स्पेनले टि२० आई क्रिकेट इतिहासकै दुई दुर्लभ कीर्तिमान कायम गर्दै इतिहास रचेको छ । आइल अफ म्यानलाई मात्रै १० रनमा अल आउट गर्दै दुई बलमा जितका साथ स्पनेले टि२० क्रिकेट इतिहासमै नयाँ दुर्लभ कीर्तिमान रचेको छ ।

ला मंगा क्लब बोटोम ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको आइल अफ म्यान ८.४ ओभरमा १० रनमा अल आउट भयो । यो टि२० आई इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि टि२० आईमा कम योगफल टर्कीको चेक रिपब्लिकनविरुद्ध २१ रन थियो ।

उसका लागि ७ खेलाडीले खाता खोल्न सकेनन् । जोशेफ बुराओसले ७ बलमा सर्वाधिक ४ रन बनाए । आइललाई १० रनमा अल आउट गर्न स्पेनका अतिफ मेहमुदले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद कमरनले ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ४ विकेट लिए । लोनी ब्रुन्सले ४ बलमा दुई विकेट लिएका थिए ।

जितको लागि ११ रनको विजयी लक्ष्य स्पेनले २ बलमै पूरा गर्यो । पहिलो बल नो फ्याँल्दा त्यसपछिका दुई बलमा आविस अहमदले लगातार दुई छक्का हान्दै खेल सकाएका थिए ।

दुई बलमा जित टि२० आईमा सर्वाधिक छिटो हो । टि२० आईमा यसअघि सर्वाधिक छिटो जित २.३ ओभरमा केन्याले मालीलाई २०२२ मा ३१ रनको विजयी लक्ष्य पछ्याउदा गरेको थियो । अन्तर्राष्ट्रिय मान्यता खेलमा दुई बलमा जित स्पेनले नेपालसँगको कीर्तिमान बराबर गरेको छ ।

नेपालले २००६ मा म्यानमारविरुद्ध एसिसी ट्रफीमा ११ रनको लक्ष्य दुई बलमै पूरा गरेको थियो । स्पेन र आइल अफ म्यानबीच ६ टि२० आई खेलको सिरिज भएको थियो । स्पेनले ६ टि२० आई खेलको सिरिज ५-० ले जित्यो । दोस्रो खेल भने वर्षाको कारण हुन सकेको थिएन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.