3 years ago
February 27, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङविरुद्ध सानदार प्रदर्शन गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले ४३ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ ।

हङकङका पर्थ भगवत ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रनमा क्याच आउट भए । स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट क्याच आउट भएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । हेमन्त धामीले ७ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । हङकङका अरेज दार २ र शिव महथुर ८ रनमा हेमन्तको धामीको बलमा क्याच आउट भएका थिए ।
नेपालले आज एक परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा उत्तम थापामगरलाई डेब्यू दिएको छ । नेपाल प्रतियोगितामा लगातर तेस्रो जितको सोचमाछ। ६ टोली सहभागी यस प्रतियोगिता विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्न पाउनेछ । नेपाल प्रमुख दावेदार टोली हो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो । समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]