3 years ago
February 27, 2023
दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीका सेसे बाउको विकेट लिएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ ।

पपुवा न्युगिनीले २३.२ ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनाएको छ । पपुवा न्युगिनीका असाद भाला १० रनमा क्रिजमा छन् ।गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
५५ बल खेलेका बाउले ३ चौका प्रहार गरे । त्यसअघि दोस्रो सफलता पनि गुलशनले दिलाएका थिए । ओपनर किप्लिङ डोरिगालाई २८ रनमा क्याच आउट गराउँदै गुलशनले दोस्रो सफलता दिलाएका थिए ।
तीव्र गतिका बलर गुलशनको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका लागि डोरिगा र बाउले ५० रनको साझेदारी गरेका थिए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि।सी। ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]