default_image

3 years ago

February 27, 2023

कुशलको उत्कृष्ट रन आउट

277 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – कुशल मल्लले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध राइली हेकुरेलाई उत्कृष्ट रन आउट गर्दै पेभेलिएन फर्काएका छन् ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ४५ ओभरमा ७ विकेट गुमाृँदै १ सय ६१ रन बनाएको छ । कुशल मल्लले सट लेगबाट उत्कृष्ट डाइरेक्ट थ्रोमा राइली हेकुरेलाई ४४ औं ओभरको अन्तिम बलमा ७ रनमा रन आउट गर्दै पेभेलिएन फर्काएका थिए ।

त्यसअघि कुशल मल्लले ३७ औं ओभरको अन्तिम बलमा भालालाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच गराउँदै ३६ रनमा पेभेलिएन फर्काए । भालाले ५३ बलमा ४ चौका प्रहार गरे । कुशल भुर्तेलले लामो रनअपका साथ उत्कृष्ट क्याच लिएका थिए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।

तीव्र गतिका बलर गुलशनको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका लागि डोरिगा र बाउले ५० रनको साझेदारी गरेका थिए ।

गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ५५ बल खेलेका बाउले ३ चौका प्रहार गरे । गुलशनले चाल्र्स अमिनीलाई ६ रनमा क्याच गराएका थिए । डेब्यू खेल खेलेका प्रतिशले ३४ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट हिरि हिरिलाई १० रनमा क्याच गराउँदै पहिलो विकेट लिएका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.