default_image

3 years ago

February 27, 2023

पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित

445 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार पाँचौं जित निकालेको छ । नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । योसँगै नेपालको शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता पाउने सम्भावना पनि मजबुत बन्दै गएको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ६९ बलमा ५ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए । नेपाललाई ओपनर आसिफ शेख र कुशलले पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट हुन पुगेका थिए । ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा १० बल खेल्दै चार रनमा बोल्ड आउट भएका थिए ।

भालाले कप्तान रोहित पौडेललाई २० रनमा नर्मन भानुवाबाट क्याच गराए । ब्यक्तिगत ४ रनमा जीवनदान पाएका आरिफ शेखले ५९ बलमा १ चौकासहित ३० रन जोडे । ४३ बल खेलेका दीपेन्द्र सेसे बाउको बलमा बोल्ड आउट भएका थिए । कुशल मल्ल १४ बलमा १ चौकासहित १२ र सोमपाल कामी ५ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका कप्तान असाद भालाले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । पपुवा न्युगिनीका मध्यक्रमका ब्याटर चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन। नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामक ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले पहिलो सफलता दिलाएका थिए ।

दोस्रो विकेटका लागि किप्लिङ डोरिगा र सेसे बाउले ५० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरेका थिए ।

गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ५५ बल खेलेका बाउले ३ चौका प्रहार गरे । गुलशनले पपुवा न्युगिनीका प्रमुख ब्याटर चाल्र्स अमिनीलाई ६ रनमा क्याच गराएपछि दबाबमा परेको थियो ।

डेब्यू खेल खेलेका प्रतिश जि।सीले ३४ औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीबाट हिरि हिरिलाई १० रनमा क्याच गराउँदै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए ।

स्पिनर कुशल मल्लले ३७ औं ओभरको अन्तिम बलमा भालालाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच गराउँदै ३६ रनमा पेभेलिएन फर्काए । भालाले ५३ बलमा ४ चौका प्रहार गरे । कुशल भुर्तेलले लामो रनअपका साथ उत्कृष्ट क्याच लिँदै भालालाई पेभेलिएनको बाटो फर्काएपछि ठूलो योगफल टाढिएको थियो ।

कुशल मल्लले सट लेगबाट उत्कृष्ट डाइरेक्ट थ्रोमा राइली हेकुरेलाई ४४ औं ओभरको अन्तिम बलमा ७ रनमा रन आउट गर्दै पेभेलिएन फर्काएका थिए । नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए ।

करण केसीले ९ ओभरमा २ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । प्रतिश जि.सीले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ ।

अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् । नेपाल शीर्ष तीनमा रहन अव कम्तिमा ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगउन ४ खेल जित्नुपर्ने हुन्छ ।

लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नेछन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । क्वालिफाaयर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछ ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.